गड्यौला मल उत्पादनमा आकर्षण बढ्दै

महेश कुमार महर/अत्तरिया – पछिल्लो समय किसान र सरोकारवाला निकायको ध्यान गड्यौला मलले खिच्न थालेको छ । खेतीपाती गर्न रसायनीक मल नपाइने समस्या संग जुध्नुभन्दा सहजै गाउँघरमै उत्पादन गर्न सकिने गङ्यौला मल उत्पादन गर्न आकर्षण बढेको हो । कैलालीको गौरीगंगा नगरपालिका – ३ कुचौनीका किसान पनि यस मलको महत्त बुझेर यसको उत्पादनमा जुटेका छन । हाल शिवगंगा सामुदायीक वनले उक्त मल उत्पादनका लागि पहल थालेको छ ।

maya metro hospital

वनले वडा नम्बर ३ लाई नै रसायनिक मल मुक्त क्षेत्र बनाउने उद्देश्यका साथ गड्यौला मलको उत्पादनमा जोड दिएको हो । जसका लागि वनले १४ लाख ९८ हजार खर्च गरेर किसानहरुलाई तालिम दिनुका साथै मलको उत्पादनका लागि मल उत्पादन गर्ने घर निर्माण गरेको छ । वनका अध्यक्ष नरेन्द्र बहादुर मल्लले स्थानीय २२ जना महिलाहरुलाई गड्यौला मल उत्पादका सम्बन्धि तालिम दिइएको बताए । उनले तालिम संगै वनमै मल उत्पादन गर्नको लागि उद्योग समेत स्थापना गरिएको बताए ।

‘वनले गरिवी निवारण शिर्षकमा बजेट बिनियोजन गरेको हुन्छ । त्यसै रकमबाट हामीले बिभिन्न कार्यक्रम संचालन गर्दै आएका थियौ’ उनले भने ‘यस बर्ष अन्य कार्यक्रम भन्दा पनि प्रभावकारी हुने देखेर गड्यौंला मल उत्पादनमा लागेका हौ ।’

attariya hospital

उनले हाल स्थापना गरिएको उद्योगमा करिब २२ क्युन्टेल गड्यौला मल उत्पादन हुने बताए । ‘हामीले उद्योग स्थापना संगसंगै तालिम दिएका छौ’ उनले भने ‘तालिममा सहभागिहरुलाई उद्योगमा रोजगार पनि दिइने छ । साथै अन्य सहभागिहरुले आफै पनि गड्यौला मल उत्पादन गर्न सक्छन ।’ गड्यौला मल उत्पादन गर्ने उद्योग स्थापना र तालिमका लागि फारवेष्ट टेक्निकल एजुकेशन इन्टरप्रेनरसिप एण्ड भोकेशनल ट्रेनिङ्ग प्रालि धनगढीले प्राबिधिक सहयोग गरेको थियो ।

तालिमका प्रशिक्षक भरत कुवरले तालिमका क्रममा राखिएको गड्यौला मल ७० दिनमा तयार हुने बताए । उनले एक पटक मात्रै गड्यौला किनेर आजिवन गड्यौला मल उत्पादन गर्न सकिने बताए । ‘यसका लागि हामीले गोबर प्रयोग गरेका छौ । जसमा गड्यौला छोडेका छौ । जसले करिब ७० दिनमा मल तयार गर्छन’ उनले भने ‘गड्यौला मलको माग पनि बजारमा धेरै छ । यस क्षेत्रको उत्पादित मलले माग धान्न नै सकिरहेका छैनौ ।’ उनले गड्यौला मल प्रतिकिलो २० देखि ३० रुपैयाँका दरले बिक्रि हुने गरेको बताए ।

शनिबार सम्पन्न गरिएको तालिमको समापन कार्यक्रममा बोल्दै गौरीगंगा नगरपालिकाका नगरप्रमुख देविदत्त कडेलले नगरपालिकाले चालु आर्थिक बर्षको नीति कार्यक्रममा पनि गड्यौला मल कार्यक्रम राखेको बताए । उनले नगरपालिकाको कार्यक्रमलाई सहयोग पुग्ने गरी सामुदायीक वनले पनि गड्यौला मल सम्बन्धि काम गरेकोमा धन्यावाद ज्ञापन गरे । ‘जैविक गड्यौला मल निकै फाइदाजनक छ । यसको प्रयोगले उर्वराशक्ति बनाउनुको साथै मानिसको स्वास्थ्यलाई पनि फाइदा पुगाउन्छ’ उनले भने ‘यो कार्यक्रमलाई विस्तार गरी आगामी दिनमा नगरपालिकाका प्रत्येक वडामा यसको विस्तार गर्न गड्यौला मल उत्पादन गर्ने उद्योग स्थापन गर्नुपर्छ ।’ उनले नगरपालिकाले भ्याएसम्म गड्यौला मलको उत्पादनका लागि सहयोग गर्नै प्रतिवद्धता गरे । उनले गड्यौला मल उत्पादन गर्न सके मलमा नगरपालिका आत्मनिर्भर बन्ने बताए ।

वडा नम्बर ३ का वडाध्यक्ष मनिराज जोशीले वडामा प्राङ्गारीक उत्पादनका लागि गड्यौला मल निकै फाइदाजनक हुने बताए । उनले पछिल्लो समय रसायनीक मलको प्रयोग गरेर उत्पादन गरिएका खाद्यान्नबाट बिभिन्न रोग वढ्न थालेकाले त्यसको रोकथामका लागि गड्यौला मल निकै प्रभावकारी हुने बताए ।

वडा नम्बर १ का वडाध्यक्ष डबल बहादुर दियाकोटी बोहराले रसायनीक मलको प्रयोगले मानिसमा क्यान्सरको समस्या बढेको बताए । उनले यसको निराकरणका लागि जैविक मलको प्रयोग अपरिहार्य भएको बताए । ‘पछिल्लो समय मानिसहरुले गाइगोरु पाल्न छोडेका छन । जसले गर्दा खेतमा पुरै रसायनीक मल मात्रै प्रयोग हुन थालेको छ’ उनले भने ‘यसको विकल्प अब जैविक गड्यौला मल बन्न सक्छ ।’

नगरपालिकाले गड्यौला मल उत्पादनका लागि छाडा गाइगोरुलाई व्यवस्थित रुपमा पालेर गोबर उत्पादन गर्ने योजना पनि अगाडी सारेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.