नेपालमा एक बर्षमा ५५ लाख बढी मोबाइल सेट भित्रिए

काठमाण्डौं – नेपालमा एक बर्षको अवधिमा ५५ लाख बढीका मोबाइल सेट भित्रिएका छन । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट भित्रिएका हुन ।

maya metro hospital

उक्त मोबाइलको मुल्य ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँ पर्ने भन्सार नेपालले आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो ।

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र भियतनामबाट आउने गरेका छन् । गत आर्थिक वर्ष चीनबाट मात्र नेपालमा २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँको मोबाइल फोन भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.