गोदावरीमा फस्टाउँदै ड्रागन, हुर्कदै स्याउ

अत्तरिया – सुदूरपश्चिममा पहिलो पटक खेती गरिएको ड्रायग फ्रुट फस्टाउँदै गएको छ । कैलालीको गोदावरी नगरपालिका – २ तेघरीमा करिब २७ कट्टामा खेती गरिएको ड्रागन फस्टाउँदै गएको हो । २ बर्ष अगाडी गोकर्ण बहादुर ओलीले जग्गा भाडामा लिएर रोपेको ड्रागनले हाल उत्पादन दिन सुरु गरेको छ । उनले ९ सय पिल्लरमा करिब ३ हजार ५ सय वटा ड्रागनका बिरुवा रोपेका छन । १२ महिना देखि नै फल्न सुरु गरेको ड्रागन यस बर्ष भने राम्रो उत्पादन दिने अपेक्षामा ओली छन । उनले गत बर्ष करिब ५० क्युन्टल ड्रागन फ्रुट उत्पादन भएको बताए ।

Karma Consultancy

‘यो बर्ष पहिलो लट गर्मीका कारण त्यती धेरै फल्न सकेको छैन । फलको आकार पनि सानो भयो । २ क्युन्टल जती फलेको होला’ उनले भने ‘पहिलो लटको असार, सावनमा फलिरहेको छ । अब अर्को लट भाद्र र असोज महिनामा फल्छ ।’ उनले दोस्रो लटमा ६० क्युन्टल जती ड्रागन फ्रुट फल्छ कि भन्ने अपेक्षा गरेको बताए ।

citizen security services

उनले अहिले बिक्रिका लागि बजारको समस्या नभएको बताए । ‘मान्छेहरु बारीमै किन्न आउने गरेका छन । वहाँहरुलाई पुगाउन सकिएको छैन’ उनले भने ‘बिक्रिका लागि प्रचार प्रसार गर्नु परेको छैन ।’ उनले हाल ड्रागन फ्रुट प्रतिकिलो ६ सयका दरले बारीबाटै बिक्री भइरहेको बताए ।

attariya hospital

उनले ड्रागन संगै स्याउ खेती पनि गरेका छन । उनले अन्तर बालिका रुपमा तराईमा फल्ने ५० बोट स्याउ खेती गरेको बताए । एचआर ९९ जातको स्याउ ४८ डिग्री सेल्सियत तापक्रममा पनि फल्ने उनले बताए । गत बर्ष नै रोपेको स्याउका बोट हुर्किरहेका भएपनि फल दिन भने सुरु गरेका छैनन् ।

belauri nagarpalika

गोदावरी ड्रागन फ्रुटको नाममा फर्म दर्ता गरेका ओलीले हाल ड्रागनका बिरुवा समेत उत्पादन गर्दै आइरहेका छन । उनले हाल लम्कीमा पनि ३ विगा जग्गा भाडामा लिएर फलफुल खेती गर्दै आएको बताए । लम्कीमा एचआर ९९ जातको १ हजार २ सय बोट स्याउ संगै अम्बा, मेवा लगाएतका फलफुल खेती गरेको उनले बताए ।

ड्रागनको उत्पादन लिन १८ महिना कुर्नुपर्ने भएपनि ओलीले भने तेघरीमा रोपेको ड्रागनबाट १२ महिनामै उत्पादन लिन सुरु गरेका थिए । ३० लाखको लगानीमा सुरु गरिएको उक्त खेतीका लागि ओलीले कृषि विकास निर्देशनालय डोटीबाट ४ लाख ८८ हजार अनुदान पाएका थिए । हाल तेघरीमा संचालन गरिएको उनको फर्ममा २ जनाले प्रत्यक्ष रुपमा रोजगार पाएका छन ।

ड्रागन फ्रुट अमेरिका, मेक्सिको र दक्षिण अमेरिकी देशहरुमा पाइने गर्छ । यो एक सिउँडी प्रजातीको फल हो । यसको खेती तराई देखि उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ । यसको फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ ।

यसमा फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ भने जेठदेखि असोज–कात्र्तिक सम्म उत्पादन दिर्ने कृषि प्राबिधिकहरुले बताउने गरेका छन । प्राविधिकका अनुसार रोपेको १८ महिनाबाट ड्रागनबाट फल लिन सकिन्छ भने यसले २५ बर्ष सम्म उत्पादन दिने गर्छ ।

ड्रागन फलको नियमित प्रयोगले मानिसलाई ताजा राख्नुका साथै मुटु समेत स्वस्थ राख्ने र यसमा फाइबर र एन्टी अक्सिडेन्ट्स हुने भएकोले यसले मुटुलाई स्वस्थ्य राख्न मद्धत गर्ने चिकित्सकहरुले बताउने गरेका छन । यसले शरीरको प्रतिरक्षा प्रणाली मजबुद बनाउन मद्धत गर्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.