जनताको प्रश्न : सरकारले गेटामा के बनायो ?

अत्तरिया – गेटामा मेडिकल कलेज बनाउने चर्चा चल्न थालेको ३ दशक भन्दा बढी समय बितिसकेको छ । सरकारले पनि यसलाई नीति तथा कार्यक्रममा समेटेको करिब डेढ दशक पुगेको छ । सरकारले २०६५ सालमा पहिलो पटक गेटा मेडिकल कलेजका नाममा एक करोड बजेट विनियोजन गरेको थियो । त्यसपछि लामो समय सम्म बेवास्ता गरिएको गेटा मेडिकल कलेजमा आर्थिक वर्ष २०७३/०७४ बाट मात्रै भौतिक संरचना निर्माणको काम सुरु गरिएको थियो ।

Karma Consultancy

हाल प्रस्तावित गेटा मेडिकल कलेजको नाममा भौतिक संरचना निर्माणको काम अगाडी बढेको भएपनि ति संरचना कुन मोडेलमा प्रयोगमा ल्याउने टुङ्गो छैन । हेर्दै भब्य देखिने संरचना निर्माण गरिएका भएपनि अहिले ति संरचना के का लागि बनाईएका हुन भन्ने ठोस जवाफ यस क्षेत्रका जनतालाई सरकारले दिन सकेको छैन ।

citizen security services

संरचना बनाउनु अघि नै टुङ्गोमा पुगाउने पर्ने बिषयमा अहिले संरचना निर्माण भइसकेपछि कुन मोडलमा जाने, के बनाउने भन्ने बहस भइरहेको छ । राज्यको नजरमा सधै पछाडी परेको भनेर चर्चा हुने गरेको सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रमा प्रदेशकै ठूलो संरचना निर्माण गरिएकोमा एकातिर यस क्षेत्रका जनता खुसि भएपनि अर्कोतर्फ यी भवन के का लागि बनाएको भन्ने ठोस जवाफ नपाउँदा दुखि हुने अवस्था आएको छ ।

attariya hospital

गेटामा मेडिकल कलेजको चर्चा भएदेखि यसको निर्माणका लागि दवाव दिर्दै आएका अत्तरियाका लोक राज पाण्डे (आगो) ले राज्यले हाम्रो कुरा सुनेपनि अधुरो सुनेको बताए ।

‘सरकारले हाम्रो बर्षौ पछि कुरा त सुन्यो तर कसरी सुन्यो थाहा छ ?’ मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक समेत रहेका उनले भने ‘साढे ५ अर्व बजेट खर्च गरेर मोडालिटी बिहिनको भवन निर्माण गर्ने अधुरो कुरा सुन्यो ।’ उनले हाल निर्माण गरिएका ३७ वटा भवन २/३ बर्ष भित्रमा मात्रै प्रयोगमा आउन नसके बञ्जरमा परिणत हुने चिन्ता थपिएको बताए । उनले देशभरीमा ४२ वटा मेडिकल कजेल ७ वटा प्रतिष्ठान बन्दा पनि २८ लाख जनसंख्या भएको सुदूरपश्चिममा एउटा पनि एउटा पनि मेडिकल कलेज वा प्रतिष्ठान बन्न नसकेको भन्दै आक्रोस पोखे ।

belauri nagarpalika

‘पहिला गेटामा बनेका संरचनाको मोडालिटी क्लियर गरौं । अनी यसलाई तत्काल संचालन गरौ’ उनले भने ‘अब यस क्षेत्रका जनता कहिले सम्म भारतमा गएर उपचार गर्ने, कहिले सम्म आफ्नो घर सम्पती बेचेर उपचार गराउने ?’

मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सचिव धर्म कुवरले गेटाका भवनको मोडालिटी तय गर्न संघिय संसदमा सुदूरपश्चिमका जनता एक ठाउँमा उभिन आवश्यक रहेको बताए । ‘जसरी अत्तरियामा सबै पार्टी मिलेर संघर्ष गरिरहेका छौ । त्यसरीनै संघिय संदसमा भएका सुदूरपश्चिमका सांसद एक भएर अगाडी बढ्ने हो भने यसले छिटै मोडालिटी पाउने छ’ उनले भने ‘हाम्रो मान्यता यसै क्षेत्रमा तत्काल उपचार पाउने र यस क्षेत्रका जनताले यसै क्षेत्रमा मेडिकल शिक्षा पढ्न पाउनु पर्छ भन्ने हो ।’

नागरिक समाजका अगुवा खड्क राज जोशीले १२ बर्षमा खोलो पनि फर्किने भनीएपनि सुदूरपश्चिममा दशकै बित्दा पनि एउटै योजना पुरा नहुँने अवस्था रहेको बताए । ‘२०६५ सालदेखि गेटामा काम अगाडी बढ्यो यती धेरै भौतिक संरचना पनि निर्माण भए । तर, यो के हुने हो भन्ने अहिले सम्म पनि थाहा छैन’ उनले भने ‘यस्तो खालको बिकास र सिष्टमले हामी अन्योलमा छौ ।’

नागरिक समाजकै अगुवा केदार भट्टले सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा गरिब हुनुको कारण राज्यको नीति भएको बताए । ‘राज्यले हिजोका दिन देखि यस क्षेत्रमा ध्यान दिएको छैन । अहिले पनि सोही नियती दोहरीएको छ’ उनले भने ‘सुदूरपश्चिम राज्यलाई दुख्दैन । त्यसैले सबै ठूला योजनामा हामी ठगिएका छौ ।’ उनले हाल गेटामा विश्वविद्यालय निर्माणका लागि आवश्यक १३ वटा मापदण्ड पुगेकाले यसलाई विश्वविद्यालय संरचनामा आगाडी बढाउने पर्ने बताए ।

नगरिक समाजका अगुवा प्रमोद पाठकले सुदूरपश्चिमका जनताले राखेका जायज माग पनि राज्यले सुन्न आनाकानी गर्नु दुखद भएको बताए । अव यस क्षेत्रका जनताको एउटै माग गेटामा मेडिकल विश्वविद्यालय बनाउनु पर्ने रहेको उनले बताए ।

सम्बन्धित समाचार : गेटामा मेडिकल विश्वविद्यालय बनाउन संघिय शिक्षा तथा स्वास्थ्य समिति सकारात्मक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.