खाेज्नुहाेस

गगन थापाको धनगढी विमानस्थलमा स्वागत

Image

धनगढी– नेपाली कांग्रेसका सभापति गगन थापाको धनगढी बिमानस्थलमा स्वागत गरिएको छ । आजदेखि सुरु हुन लागेको कांग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई उद्घाटन गर्नका लागि आएका उनलाई धनगढी बिमानस्थलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, पार्टीका सहमहामन्त्री प्रकाश स्नेहीलगायत नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

navjiwan hospital

विशेष महाधिवेशनपछि कांग्रेसले प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको छ । सुदूरपश्चिमस्तरीय भेला भोलि आइतबारसम्म सञ्चालन हुने कांग्रेसले जनाएको छ ।

attariya hospital

भेलाको आज दिउसो १ बजे उद्घाटन हुनेछ । भेलालाई सम्बोधन गर्न उपसभापति बिश्वप्रकाश शर्मा, महामन्त्री गुरु घिमिरेलगायत नेताहरु शुक्रबार नै धनगढी आइसकेका छन् ।