खाेज्नुहाेस

पलियाबाट सम्पर्कविहिन भए पुर्नवासका सन्दिप, खोजी गरिदिन परिवारको आग्रह 

Image

बेलौरी – कञ्चनपुरका एक युवक भारतको पलियाबाट सम्पर्कविहिन भएका छन । विहिवार भारतको पलियाबाट पुर्नवास नगरपालिका ३ बस्ने ३५ वर्षीय सन्दिप कठरिया सम्पर्कविहिन भएका हुन । 

navjiwan hospital

भारतको साजनपुर भन्ने ठाउँमा बिरामी अंकललाई भेट्न गएका सन्दिप पलियामा आफ्ना आफन्त नातापर्ने त्यहाँ बिहान ९ बजे मोटरसाइकल राखी गएको र त्यसपछि सम्पर्कमा नरहेको उनकी श्रीमती सावित्री कठरियाले बताईन । 

attariya hospital

सबै आफन्त कहाँ सम्पर्क गर्दा समेत कहि कतै नभेटिएकाले उनकी श्रीमतीले खोजी कार्यमा सहयोग गर्न अपिल समेत गरेकी छिन । भारतमा सम्पर्क विहिन भएकोले परिवारले सम्बन्धित सरोकारवाला निकाय लाई सहजीकरणको लागि समेत आग्रह गरेका छ्न । 

कोहिले कतै उनलाई भेटाए नजिकैको प्रहरी कार्यालय वा 9804604633 नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।