खाेज्नुहाेस

गर्मीमा दही अमिलो हुनबाट जोगाउने तरिका

Image

काठमाडौं– गर्मी बढेसँगै दही छिट्टै अमिलो हुने समस्या धेरै घरमा देखिन्छ । दही जमाउँदा अथवा राख्दा गरिने साना गल्तीका कारण यसको स्वाद बिग्रिन सक्छ । यद्यपि, एउटा सजिलो उपाय अपनाएमा चर्को गर्मीमा पनि दहीलाई ४–५ दिनसम्म ताजा, मीठो राख्न सकिन्छ ।

गर्मीयाममा चिसो दही शरीरका लागि अमृतसरह मानिन्छ । दहीबाट बनेको मोही, रायता वा मीठो लस्सीले गर्मीबाट राहत दिन्छ । तर तापक्रम बढेपछि दही केही घण्टामै अमिलो हुन थाल्छ । कतिपय अवस्थामा बिहान जमाएको दही बेलुकासम्म अनौठो गन्ध आउन थाल्छ, जसले खान मन नलाग्ने बनाउँछ । यदि तपाईँको घरमा पनि यस्तै समस्या भइरहेको छ भने, दही जमाउँदा र राख्दा केही सजिला उपाय अपनाउन सकिन्छ ।

attariya hospital

दही जम्नेबित्तिकै फ्रिज राखौँ

navjiwan hospital

धेरै मानिसले दही जमिसकेपछि लामो समयसम्म बाहिरै राख्ने गर्छन् । यही सबैभन्दा ठूलो गल्ती हो। दही जति धेरै समय कोठाको तापक्रममा रहन्छ, त्यति छिटो अमिलो हुन्छ । त्यसैले दही राम्ररी जम्नेबित्तिकै तुरुन्त फ्रिजमा राख्नु राम्रो हुन्छ । यसले दहीको स्वाद लामो समयसम्म कायम राख्छ ।

दहीमा नुन नहालौँ

कतिपयले दही लामो समय ताजा रहोस् भनेर नुन हाल्ने गर्छन् । तर यसले उल्टै दहीलाई झन् छिटो अमिलो बनाउँछ । फ्रिजमा राखे पनि नुन मिसाइएको दही चाँडै बिग्रिन सक्छ । त्यसैले दही स्टोर गर्दा नुन नहाल्नु नै राम्रो हुन्छ ।

काँचको भाँडो प्रयोग गरौँ

धेरैजसो घरमा दही स्टिल वा प्लास्टिकको भाँडामा राख्ने चलन छ । तर दहीलाई धेरै दिनसम्म ताजा र स्वादिलो राख्न काँचको भाँडो उत्तम मानिन्छ। काँचको भाँडाले दहीको गुणस्तर र स्वाद सुरक्षित राख्न मद्दत गर्छ र छिट्टै गन्ध पनि आउन दिँदैन ।