धनगढी – कैलालीमा ६ महिनाको अवधिमा १ सय ३४ जना पीडित भएका छन् ।
सन् २०२२ जनवरीदेखि जुन महिनासम्म कैलालीमा १ सय ३२ घटनामा १ सय २५ महिला र ९ जना पुरुष गरेर १ सय ३४ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ ।


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खड्कराज जोशीका अनुसार ६ महिनाको अवधिमा कैलालीमा अधिकारबाट ९७ जना, घरेलु हिंसाबाट ८८ जना, जवरजस्तीकरणीबाट ८ र बहुविवाहबाट एक महिला तथा बालअधिकारबाट २४ जना पीडित भएको बताए ।
क्षेत्रीय संयोजक जोशीका अनुसार सोमध्ये जवरजस्तीकरणीबाट १७, बेचबिखनबाट २, यौन दुव्र्यवहारबाट ४, जवरजस्तीकरणी प्रयासबाट एक जना तथा परिवारजनबाट २ जना महिलाको हत्या र एक महिला घाइते भएका छन् ।
सो अवधिमा अन्य पक्षबाट २ जना पुरुषको हत्या, दुई जना कुटपिटबाट घाइते र तीन जनामाथी दुव्र्यवहार गरिएको इन्सेकमा अभिलेख रहेको संयोजक जोशीले बताए । एक जनाले पत्नीको हत्यापछि आत्महत्या र एक जना कारागारमा मृत्यु भएको उनले बताए ।
इन्सेक क्षेत्रीय कार्यालय धनगढीले जिल्लाको मानवअधिकार अवस्थाका बारेमा जानकारी गराउँने उदेश्यले बिगत लामो समयदेखि अर्धवार्षिक र वार्षिक रुपमा नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गर्दै आइरहेको छ ।


















