लम्कीमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ १ जनाको मृत्यु
अत्तरिया – कैलालीको लम्कीमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ १ जनाको मृत्यु भएको छ । ना ५क ४३८२ नम्बरको बसले से ५ क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको हो ।
लम्कीचुहा नगरपालिका–६ गुलारा अन्तरगत पूर्वपश्चिम राजामार्गमा भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार रानाकी श्रीमती राजमती राना घाइते भएकी छिन । उनलाई उपचारका लागि कोहलपुर लगिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन ।