खाेज्नुहाेस

कञ्चनपुरमा निर्वाचन गतिविधि तीव्र

Image

महेन्द्रनगर – कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै मतदान अधिकृत मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित आ–आफ्नो मतदान केन्द्रमा खटिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाइसकेको जानकारी दिए । ‘मतदान अधिकृत आ–आफ्नो केन्द्रमा पुगेर सर्वदलीय बैठकसमेत गरिसकेका छन् ।’ उनले भने, ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।’ यसैगरी बुधबार र बिहीबार मतदान केन्द्रमा नयाँ मतदाता र हराएको भनि निवेदन दिएकालाई मतदान परिचयपत्र वितरण गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

attariya hospital
navjiwan hospital

‘हिजो रातिदेखि मौन अवधि सुरु भएको छ ।’ उनले भने, ‘अहिलेसम्म मौन अवधि उल्घङ्न भएको हामीकहाँ उजुरी परेको छैन ।’ नौ वटा पालिका रहेको कञ्चनपुरमा कूल दुई लाख ९५ हजार ३५४ मतदाता रहेका छन् । त्यसैगरी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मी परिचालन भइसकेको बताए ।

‘भयरहित वातावरणमा वैशाख ३० गतेको निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुुनुहोस् ।’ कार्यालय प्रमुख जोशीले भने, ‘सीमा नाका बन्ददेखि मदिरा बेचबिखनसमेत निषेध गरिएको छ ।’ जिल्ला सुरक्षा समितिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँगसित समन्वय गरेर निर्वाचन सम्पन्न गराउन सक्रिय भूमिका निभाएको छ ।

रासस