अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका डिल्लीराज जोशीले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन ।

उनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आफुले चुनाव नलड्ने र वडाध्यक्षमा कांग्रेसका आधिकारीक उम्मेदवार रामलाल रानालाई समर्थन गर्ने बताएका हुन ।

‘मैले वडा नं. ९ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको र उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा फिर्ता लिनका लागी केही प्रकृयागत त्रुटि भएकाले आजैका मिति बाट म अध्यक्ष पदको उम्मेदवार नरहेको जानकारी गराउँदछु’ जोशीले विज्ञप्तीमा उल्लेख गरेका छन ‘साथै नेपाली कांग्रेसका आधिकारीक उम्मेदवारलाई सहयोग गर्ने र म प्रति आस्था र सहानुभुती प्रकट गर्नुहुने सम्पुर्ण वडाबासीहरुलाई नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउन अपिल गर्दछु ।’
उनले आफु कांग्रेसका आधिकारीक उम्मेदवार रानालाई पुर्ण सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।



















