
बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्लामा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले जिल्लामा २६ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन मदिरा निशेष गरिएको बताएका छन ।





















