अत्तरिया – नेपाली कांग्रेस गोदावरीले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै मंगलबार आफ्नै पार्टी कार्यालयमा कांग्रेसले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
प्रतिबद्धता पत्रमा कांग्रेसले मुख्य रुपमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र सुशासनलाई अगाडी सारेको छ । त्यसका साथै युवा तथा खेलकुद, बन तथा भुक्षय, सामाजिक सुरक्षा, भौतिक निमार्ण, उर्जा/विद्युत तथा प्रविधिलाई पनि कांग्रेसले प्रतिबद्धता पत्रमा समावेश गरेको छ ।


प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रमा कांग्रेसले प्रत्येक वडाबाट वार्षिक १ जनालाई उच्चतम तहको प्राविधिक शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्ने, सरकारी विद्यालयको खस्कदो गुणस्तरलाई सुधार गर्न शिक्षक, अभिभावक र विद्यार्थीबिच विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, अनिवार्य तथा निःशुल्क शिक्षालाई कार्यान्वयनमा ल्याउने, प्रत्येक विद्यालयलाई प्रविधि, छात्रा, अपांग एवम् वातावरण मैत्री बनाउने, विद्यार्थी संख्याको आधारमा शिक्षक, कर्मचारीको व्यवस्था मिलाउने लगायतका कुराहरु समावेश गरेको छ ।
यसैगरी स्वास्थ्य क्षेत्रमा निर्माणाधिन गेटा मेडिकल कलेजलाई यथाशिघ्र सञ्चालनमा ल्याउनका लागी पहल गरिने, प्रत्येक वडामा एम्बुलेन्स सहितको समुदायमा आधारीत स्वास्थ्य भवन निर्माण गरिने, थारु समुदायमा देखा परेको सिकलसेल एनोमियाको निःशुल्क जाँच तथा उपचारको व्यवस्था मिलाइने, रेडक्रस अत्तरिया उपशाखालाई ब्लडबैंकको रुपमा विकसित गरिने लगायतका कुराहरु प्रतिबद्धता पत्रमा समावेश छन ।

कृषिक्षेत्रमा नगरपालिकाभित्र पायक पर्ने ठाउँमा ३ वर्षभित्रमा एउटा शितभण्डार (कोल्डस्टोर) को निर्माण गर्न पहल गरिने, नगरभित्रको कृषि उपजलाई स्वच्छ राख्न र ग्रेडिङ गर्न एउटा फ्रेस हाउसको निर्माण गर्न पहल गरिने, कृषकलाई सहुलियत दरमा समयमै रासायनिक मल र बिउ उपलब्ध गराईने, कृषि साना तथा घरेलु उद्योगलाई प्रोत्साहन तथा स्थापनाका लागी सहुलियत ऋणको व्यवस्था मिलाउन पहल गरिने लगायतका कुराहरु राखिएका छन ।
यस्तै नगरपालिकाभित्र आवश्यकता अनुसार खेलमैदान र क्लबभवन निर्माण गरिने, क्षेत्रिय र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाईने, गोदावरी – २ बनखेतमा रहेको खेलमैदानलाई नगर रंगशालाको रुपमा विकाश गरिनुका साथै नगरबस सञ्चालन गरि ज्येष्ठ नागरिक, अपांग, असहाय र विपन्न वर्गलाई परिचयपत्रको आधारमा निःशुल्क सेवा दिने तथा विद्यार्थीलाई परिचयपत्रको आधारमा ५० प्रतिशत छुटमा सेवा प्रदान गरिने, सामाजिक सुरक्षा भत्ता पाउने असहाय, अशक्त ज्येष्ठ नागरिकहरुलाई बैंकसम्म ल्याउन यातायातको व्यवस्था गरिने लगायतका कुराहरु पनि कांग्रेसले आफ्नो प्रतिबद्धता पत्रमा समावेश गरेको छ ।
चुनावी प्रतिवद्धतापत्रमा कांग्रेसले नगरभित्रका बजार क्षेत्रमा सिटी लाईटको व्यवस्था गर्ने, नगरक्षेत्रमा सञ्चार सेवा प्रदान गर्ने र नगरको एउटा छुट्टै आईटी एप्लीकेशन विकाश गरी सोही एप्लीकेशनका माध्यमबाट व्यक्तिगत घटना लगायत अन्य कामकाज गर्ने व्यवस्था मिलाउने बताएको छ ।
पुर्ण पाठ
हार्दिक अपिल
आदरणीय नगरवासी दाजुभाइ, दिदी बहिनीहरू
जय नेपाल !
राष्ट्रियता, लोकतन्त्र र समाजवाद भन्ने मूल मन्त्र बोकी अगाडि बढेको नेपाली काँग्रेस निरकुंशता, अतिवाद, अधिनायकवादका विरूद्ध लड्ने र देशमा
राष्ट्रिय एकता नागरिक स्वतन्त्रता, वहुलवाद र समतामूलक समाज निर्माण गर्ने एक मात्र पार्टी भएको व्यहोरा यहाँहरूलाई विदितै छ । जब जब देशमा सङ्कट आउँछ तब तब नेपाली काँग्रेसले जिम्मेवारी वहन गर्नुपर्ने बाध्यता छ । विगतको स्थानीय निर्वाचनदेखि संघीय निर्वाचनसम्म जनताले नेपाली काँग्रेसलाई दिएको जनमतका आधारमा नेपाली काँग्रेस प्रमुख प्रतिपक्षीको जिम्मेवारी वहन गर्दै आएको हो । दुई तिहाइ बहुमत प्राप्त गरी देश सञ्चालन गरिरहेको नेकपा एमाले देशलाई व्यवस्थित रूपले सञ्चालन गर्न नसकी हाल प्रतिपक्षमा रहेको व्यहोरा विदितै छ ।
आदरणीय नगरवासी, दाजुभाइ, दिदीबहिनीहरू देशमा दुई तिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी एमाले सत्ता स्वार्थका कारण आफ्नै पार्टीभित्र चरम गुटबन्दी गरी पार्टी नै विभाजन गरी छिन्नभिन्न भएको अवस्थामा कम्युनिष्ट घटक मध्येका केही ठुला साना दलहरूले देशको शासन संचालन गर्ने गहन जिम्मेवारी लिन नेपाली काँग्रेसलाई आग्रह गरेको परिप्रेक्ष्यमा नचाहँदा नचाहदँै नेपाली काँग्रेसले मुलुकको शासन संचालन गरिरहेको व्यहोरा यहाँलाई विदितै छ । आदरणीय दाजुभाइ, दिदीबहिनीहरू नेपालका कम्युनिष्ट पार्टीहरू जब जब देशको सत्तामा पुग्छन् तब तब अनावश्यक रूपमा सस्तो लोकप्रिय नारा दिई देश विकासका नाममा भ्रष्टाचार घुसखोरी गरी देशको समग्र अर्थतन्त्र वर्वाद पार्नेगरेको कुरा यहाँहरूमा जगजाहेर नै छ । आदरणीय नगरवासी, दाजुभाइ, दिदीबहिनीहरू विगत २०७४ को स्थानीय निर्वाचनमा यस गोदावरी नगरपालिकामा नेकपा एमाले विजय भई यस नगरपालिकाको शासन संचालन गर्ने क्रममा जनप्रतिनिधि तथा कर्मचारीतन्त्रले विकासका नाममा व्यापक भ्रष्टाचार गरी नगरपालिकाको अर्थतन्त्र धरासायी पारेकाले यस नगरपालिकामा चुस्त दुरूस्त सुशासन गर्न, जनताको चाहना अनुरूप समग्र क्षेत्रको विकासका लागि यही बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरी नेपाली काँग्रेसका सम्पूर्ण उम्मेदवारहरूलाई अत्याधिक मतले विजय गराइ दिन हुन हार्दिक अपिल गर्दछौं ।
जय नेपाल !
बिरबहादुर चोखाल
नगर सभापति, नेपाली काँग्रेस
नगर कार्यसमिति, गोदावरी कैलाली

१. शिक्षा :
– प्रत्येक वर्ष अपग्रेडिङ्ग हुने गरी बालविकास कक्षालाई मन्टेश्वरी कक्षाको रूपमा परिणत गर्ने र बालशिक्षा शिक्षिका लाई विशेष तालिमको व्यवस्था
गरिने छ ।
– प्रत्येक वडाबाट प्रत्येक बर्ष १ जनालाई उच्चतम् तहको प्राविधिक शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गरिनेछ ।
– शिक्षक हकहितका लागि नगर शिक्षक, राहत शिक्षक र विद्यालय कर्मचारीको संचयकोषको व्यवस्था तथा कल्याण कोषको व्यवस्था मिलाइनेछ ।
– सरकारी विद्यालयको खस्कदो गुणस्तरलाई सुधार गर्न शिक्षक, अभिभावक र विद्यार्थी बिच विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
– गोदावरी नगरपालिका भित्र रहेका विद्यालयहरूको भौतिक पूर्वाधार विकासमा जोड दिइनेछ ।
– गोदावरी नगरपालिका भित्र संचालित विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागी शिक्षकहरूलाई तालिम दिइनेछ ।
– गोदावरी नगरपालिकाभित्र संचालित विद्यालयहरूमा शिक्षक दरबन्दी मिलान गरिनेछ ।
– अनिवार्य तथा निःशुल्क शिक्षालाई कार्यान्वयनमा ल्याइनेछ ।
– उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीहरूलाई पुरस्कृत गरिनेछ ।
– उत्कृष्ट नतिजा ल्याउने शिक्षकलाई प्रत्येक बर्ष शिक्षा दिवसको अवसरमा पुरुस्कृत तथा सम्मान गरिनेछ ।
– प्रत्येक विद्यालयमा इ. हाजिरीको व्यवस्था गरी अनुगमन तथा नियमन
गरिनेछ ।
– एस.इ.इ.मा उत्कृष्ट नतिजा ल्याई माथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
– नगरपालिका भित्रका विद्यार्थीहरू मध्ये ंद्द उत्तिर्ण गरी एम.बि.बि.एस. अध्ययन गर्ने विद्यार्थीहरूलाई रू. १,५०,०००÷–(एकलाख पचासहजार छात्रवृत्ति प्रदान गरिनेछ ।
– प्रत्येक विद्यालयलाई प्रविधि, छात्रा, अपाङ्ग एवम् वातावरण मैत्री बनाइनेछ ।
– विद्यार्थी संख्याको आधारमा शिक्षक, कर्मचारीको व्यवस्था मिलाइनेछ ।
– सुदूर पश्चिम प्रदेशको प्रवेश द्वार गोदावरी नगरपालिका भित्रको अत्तरियामा संचालित एक मात्र सु.प. विश्व विद्यालयको आंगिक क्याम्पस श्री दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा प्राविधिक विषयको व्यवस्थापन गरी आर्थिक तथा सामाजिक रूपले पछाडि परेका वर्गका विद्यार्थीहरूलाई सर्व सुलभ रूपमा पठनपाठनको व्यवस्था र सो क्याम्पसमा छात्राबास निर्माण गरिनेछ ।
– लागुऔषध दुव्र्यसनबाट युवा तथा बालबालिकाहरूलाई बचाउन विभिन्न किसिमका चेतना मूलक कार्यक्रम संचालन गरिनेछ ।
२. स्वास्थ्य :
– निर्माणाधीन गेटा मेडिकल कलेजलाई यथाशीघ्र संचालनमा ल्याउनका लागि पहल गरिनेछ ।
– प्रत्येक वडामा एम्बुलेन्स सहितको समुदायमा आधारित स्वास्थ्य भवन निर्माण गरिनेछ ।
– नगरपालिका भित्र शववाहनको व्यवस्था मिलाइनिेछ ।
– दिर्घरोगीहरू (क्यान्सर, मृगौलाको डायलोसिस गराइरहेका, मुटुको शल्यक्रिया गराई नियमित औषधी सेवन गरिरहेका) लाई आवश्यक आर्थिक सहयोगको व्यवस्था मिलाइनेछ ।
– थारू समुदायमा देखा परेको सिकलसेल एनोमियाको निःशुुल्क जाँच र उपचारको व्यवस्था मिलाइनेछ ।
– गोदावरी नगरपालिकाका १२ वटै वडामा रहेका गाउँघर क्लिनिक, शहरी स्वास्थ्य क्लिनिकको स्तर उन्नती गरी नियमित स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
– सुत्केरी तथा नवजात शिशुलाई पोषण भत्ता वाफत रू. ३०००।– (तीन हजार उपलब्ध गराइनेछ
– आर्थिक बिपन्नतामा जटिल रोगको उपचार गर्नुपर्ने भएमा सम्बन्धित परिवारलाई उचित आर्थिक सहायता प्रदान गरिनेछ ।
– गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालको स्तरोन्नति गरी चौबिसै घण्टा विशेषज्ञ सेवा उपलब्ध गराइनेछ ।
– रेडक्रस अत्तरिया उपशाखालाई ब्लडबैंकको रूपमा विकसित गरिनेछ ।
– अशक्त, असहाय, वृद्ध, एकल महिला तथा बालबालिकाहरूका लागि ६÷६ महिनामा प्रत्येक वडामा स्वास्थ्य शिविर संचालनमा ल्याइनेछ ।
३. कृषि/भूमि सहकारी तथा सिंचाई :
– नगरपालिका भित्र पायक पर्ने ठाउँमा ३ वर्ष भित्रमा एउटा शीत भण्डार ९ऋयमि क्तयचभ० को निर्माण गर्न पहल गरिनेछ ।
– नगरभित्रका कृषि उपजलाई स्वच्छ राख्न र ग्रेडिङ्ग गर्न एउटा फ्रेस हाउसको निर्माण गर्न पहल गरिनेछ ।ड्ड कृषकहरूलाई सहुलियत दरमा रासायनिक मलको व्यवस्था मिलाइनेछ ।
– कृषकलाई सिपमुलक तालिम दिई कृषि उपजमा वृद्धि गरि बजारीकरण गरिनेछ ।
– कृषिका लागि विद्युत मिटरको जडानलाई सहज बनाइनेछ ।
– कृषि साना तथा घरेलु उद्योगलाई प्रोत्साहन तथा स्थापना गर्न सहुलियत ऋणको व्यवस्था मिलाउन पहल गरिनेछ ।
– किसानलाई समयमै बिउ बिजन उपलब्ध गराइनेछ ।
– नगरक्षेत्र भित्रका साना किसानलाई तालिमको व्यवस्था मिलाइनेछ ।
– सामूहिक खेतीगर्ने किसानलाइ बिशेष अनुदानको व्यवस्था गरिनेछ ।
– किसानहरूलाई सामूहिक पम्पसेट, मोटर जडान गर्नका लागि अनुदान उपलब्ध गराइनेछ ।
– १२ वटै वडाका उत्कृष्ट किसानलाई पुरूस्कृत गरिनेछ ।
– गोदावरी नगरपालिकाभित्र बर्षौदेखि ऐलानी प्रति जग्गा भोगचलन गरिरहेका बसोबासीहरूको जग्गा नापजाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिनेछ ।
– नगरपालिकाभित्रका भूमिहीन, दलित, सुकुम्बासीहरूको लगत लिई जग्गा उपलब्ध गराउन पहल गरिनेछ ।
– नगरपालिका क्षेत्रभित्र रहेका सहकारीको अनुगमन, निरीक्षण तथा बार्षिक प्रतिवेदनको आधारमा उत्कृष्ट सहकारी घोषणा तथा पुरूस्कृत गरिनेछ ।
४. युवा तथा खेलकुद :
– नगरपालिकाभित्र आवश्यकता अनुसार खेलमैदान र क्लवभवन निर्माण गरिनेछ ।
– क्षेत्रीय र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।
– वडा स्तरीय खेलकुद संचालन गरी वडामा स्थापना भएका क्लबहरूको विकासका लागि आवश्यक कार्य गरिनेछ ।
– गोदावरी नगरपालिका वार्ड नं. २ बनखेतमा रहेको खेलमैदानलाई नगर रंगशालाको रूपमा विकास गरिनेछ ।
– युवाहरूका लागि उनीहरूको रूची, चाहाना र योग्यता अनुसारको सिपमूलक तालिम संचालन गरी सृजनशील कार्यमा लगाईनेछ ।
– प्रधानमन्त्री स्वरोजगार कोषको रकमलाई बेरोजगार युवाहरूलाई सृजनशील काममा लगाई रोजगारी सृजना गरिनेछ ।
५. वन तथा भूक्षय एवम् नदी नियन्त्रण :
– नगरपालिका भित्रका १२ वटै वडामा रहेका नदीहरूले घर जग्गा कटान
गरेकाले नदीहरूमा तटबन्ध गरिनेछ ।
– वनक्षेत्रको दिगो व्यवस्थापनका लागि वन अतिक्रमण, चोरी सिकार नियन्त्रण वनपैदावार नियन्त्रण लगायत जैविक विविधताको दिगो संरक्षण सम्बर्धन गरिनेछ ।
६. सामाजिक सुरक्षा :
– नगरभित्र नगरबस संचालन गरी जेष्ठ नागरिक, अपाङ्ग असहाय र विपन्न वर्गलाई परिचयपत्रको आधारमा निःशुल्क सेवा दिने र विद्यार्थीलाई परिचयपत्रको आधारमा ५०% छुटमा सेवा प्रदान गरिनेछ ।
– सामाजिक सुरक्षा भत्ता पाउने असहाय, अशक्त जेष्ठ नागरिकहरुलाई बैंङ्कसम्म ल्याउन यातायातको व्यवस्था गरिनेछ ।
७. भौतिक निर्माण तथा यातायात :
– गोदावरी नगरपालिकाका १२ वटै वडामा भएका कच्चिबाटो ग्रावेल गर्ने, ग्रावेल बाटोलाई नालीसहित कालोपत्रे गरिनेछ ।
– अत्तरिया बजार क्षेत्रको डुबान समस्यालाई समाधान गरिनेछ ।
– मुर्कट्टी, धुरजन्ना जोडने झोलुङ्गे पुल निर्माण गरिनेछ ।
– बसन्तपुर–बास्कोटा जोड्न झोलुङ्गे पुल निर्माण गरिनेछ ।
– ग्वासी सहारा युवाक्लबदेखि सितापुर जोड्ने झोलुङ्गे पुल निर्माण गरिनेछ ।
– गोदावरी नगरपालिकाको वडा नं. १० श्रीलंकादेखि मुक्त कमैया शिविर जोड्ने झोलुङ्गे पुल निर्माण गरिनेछ ।
– अत्तरिया चौकलाई व्यवस्थित गरी डिजिटल सूचना प्रणाली जडान गरिनेछ ।
– लामिताल, नाइलताल, राजीताल, भल्कामूल तथा मुरीभावरमा रहेको छहरालाई पर्यटनक्षेत्रको रूपमा विकास गरिनेछ ।
– नगरपालिका भित्र मठमन्दिर, गुम्बा, मस्जिद आदी धार्मिक स्थलहरूको संरक्षण सम्बद्र्धन गरिनेछ ।
– गोदावरी क्षेत्रको गोदावरी विकास समितिको माध्यमबाट वृहत गुरुयोजना निर्माण गरि विकास गरिनेछ ।
– नगरपालिका भित्रका खर तथा फुसले छाएका घर, टहराहरू विस्थापित गरी खरमुक्त घर निर्माण गरिनेछ ।
– नगरभित्र अत्तरिया देखि चाप, सल्ली, हाटखोली, मुरीभावर, धनचौरी सम्म नगरबस संचालन गरिनेछ ।
– अत्तरिया बजार क्षेत्रमा सार्वजनिक तथा घुम्ती शौचालयको व्यवस्था गरी स्वच्छ वातावरण राखिनेछ ।
– गोदावरी आर्यघाट, मछेलीखोला आर्यघाट, खुटीया खोला आर्यघाट लाई व्यवस्थित गरी नियमित सरसफाईको व्यवस्थापन गरिनेछ ।
– नगरपालिकमा महाप्रस्थान यान सेवा निःशुल्क उपलब्ध गराईनेछ ।
– बेलादेखि खुटिया रोडलाई कालोपत्रे बनाइनेछ ।
– बान्द्रेखालदेखि तेघरी बास्कोटा हुँदै स्याउले बजारसम्मको भित्री सडक स्तरउन्नति गरिनेछ ।
– नगरक्षेत्र भित्र घरनक्शा पास गर्ने प्रक्रियालाई सरल र सर्वसुलभ बनाइनेछ ।
८. उर्जा/विद्युत :
– नगरपालिकाभित्र रहेका प्रत्येक वडाका गाउँ बस्ती टोलहरूमा विद्युतपोल जडान गरी विद्युत सेवा प्रदान गरिनुका साथै विभिन्न चोक, सार्वजनिक स्थानमा सोलार बत्ति जडान गरिनेछ ।
– नगरभित्रका बजार क्षेत्रमा सिटी लाईटको व्यवस्था गरिनेछ ।
९. ICT :
– नगरको एउटा आफ्नो छुट्टै IT Application विकास गरी सोही
Application का माध्यम बाट व्यक्तिगत घटना लगायत अन्य कामकाज गर्ने व्यवस्था मिलाइनेछ ।
– नगर क्षेत्रमा संचार सेवा प्रदान गरिनेछ ।
१०. खानेपानी :
– शुद्ध खानेपानीको पहुँचका लागी खानेपानीबाट वंचित समुदायलाई खानेपानीको पहुँच पु¥याउन विशेषज्ञको प्राविधिक प्रतिवेदनका आधारमा आयोजना लागू गरिनेछ । साथै डिप बोरिङ्गको सट्टा मूलको पानी प्रयोगमा जोड दिइनेछ । अत्तरिया साना शहरी खानेपानीको हकमा गोदावरी दोगडेको मूल दर्ता गर्ने कार्य कार्यान्वयनमा ल्याइनेछ ।
११. सुसाशन :
– भ्रष्टाचार मुक्त गोदावरी नगर बनाउन भ्रष्टाचारमा शुन्य सहनशीलताको सिद्धान्त लागू गरिनेछ ।
– यस गोदावरी नगरपालिकाको बार्षिक स्वीकृत बजेटलाई बर्षमा दुई पटक सार्वजनिक सुनुवाई गरी पारदर्शी गरिनेछ ।
– उद्घाटन शिलान्यास र मेला महोत्सवमा हुने सहभागितालाई कार्यालय समय बाहिर मात्रै गरिने ।
– करको दायरा वृद्धि गरी करको दर घटाइनेछ ।
१२. अन्य :
– घरपालुवा जनावरको तथ्याङ्क संकलन गरी छाडा चौपायाहरूको स्थायी रूपमा व्यवस्थापन गरिनेछ ।
– बजार क्षेत्रमा रहेका अव्यवस्थित ठेला, फुटपाथ पसल आदीको उचित व्यवस्थापन गरिनेछ ।
– विकास निर्माणका कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन विषय विज्ञहरुको समिति गठन गरिनेछ ।
जय नेपाल !

















