खाेज्नुहाेस

अत्तरिया जेसिजद्धारा वृद्धाश्रमलाई ४५ हजार बराबरका सामग्री सहयोग

Image

अत्तरिया – कञ्चनपुरको बेतकोट नगरपालिका – ७ र ८ मा रहेको वैजनाथ धाम वृद्धाश्रम सेवा केन्द्रलाई ४५ हजार बराबरका सामग्री सहयोग गरिएको छ । शनिबार मातातिर्थ औशीको अवसर पारेर अत्तरिया जेसिज वर्ष २०२२ ले उक्त वृद्धाश्रमलाई सामग्री सहयोग गरेको हो ।

navjiwan hospital

अत्तरियाका स्थानियबासी तेज बहादुर ऐर, गोबिन्द साउँद र अत्तरियामै रहेको सत्यवती एकेडेमीका सञ्चालक विर बहादुर कडायतको सहयोगमा वृद्धाश्रमलाई विभिन्न सामग्री सहयोग गरिएको अत्तरिया जेसिज वर्ष २०२२ का अध्यक्ष हर्क बहादुर कडायतले जानकारी दिए ।

attariya hospital

उनले वृद्धाश्रमलाई उक्त रकम बराबरका लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा तथा नगद पनि सहयोग गरिएको उनले बताए । अत्तरिया जेसिजले विगत देखी नै विभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै आईरहेको बताउदै अध्यक्ष कडायतले आगामी दिनहरुमा पनि यस्ता कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।