खाेज्नुहाेस

अत्तरियाको सुदूरपश्चिमाञ्चन सामुदायिक हस्पिटलमामा निःशुल्क मुटु रोग शिविर सुरु

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिमाञ्चन सामुदायिक हस्पिटलमा निःशुल्क मुटु रोग शिविर संचालन सुरु भएको छ । लायन्स क्लब अफ धनगढी भिजनको प्रायोजकमा शिबिर संचालन गरिएको हो ।

attariya hospital

शिविरमा निःशुल्क ओपिडि, औषधी, इसिजि, आरबिएस र क्रिटिनन सेवा प्रदान गरिने प्रयोजकले जनाएको छ ।

navjiwan hospital

शिविरमा क्युइस्ट फर्मास्यूटिकल प्रालीले निःशुल्क औषधी उपलब्ध गराउने फर्मास्यूटिकलका प्रतिनिधि टेक राज भट्टले बताए ।

शिविरमा मुटुरोग विशेषज्ञ डा. कृष्ण चन्द अधिकारीले चेकजाँच गरिरहेको सुदूरपश्चिम सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक राजेश खड्काले बताए । आज बिहान ११ बजे देखि सुरु भएको शिविर दिनभरी चल्ने जनाइएको छ ।