खाेज्नुहाेस

गोदावरीमा बागी उम्मेदवारी फिर्ता हुने नहुने अन्योल कायमै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा गठबन्धन भित्रैबाट परेका बागी उम्मेदवारी फिर्ता हुने नहुने अझै टुङ्गो लागेको छैन । गोदावरीमा तिन दलिय गठबन्धन भएपनि तिनै दलका नेताहरुको मेयर र २ दलबाट उपमेयरमा उम्मेदवारी परेको छ । प्रदेशस्तरमा भएको सहमति अनुसार गोदावरीमा कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर पाउने सहमति भएको थियो ।

बुधबार पनि नेपाली कांग्रेस कैलाली सभापती नारायण दत्त भट्ट, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि राम चौधरी ‘उत्सव’ र नेकपा एकिकृत समाजवादीका केन्दिय सदस्य एवम प्रदेश इन्चार्ज दीर्घ सोडारीले एक प्रेस विज्ञप्ती जारी गर्दै गोदावरीमा गठबन्धनका अधिकारीक उम्मेदवार मेयरमा कांग्रेसका बिरेन्द्र भट्ट र उपमेयरमा एकीकृत समाजवादीकी रत्ना कडायत रत्ना कडायत भएको जनाएको थियो ।

attariya hospital

उक्त विज्ञप्तीमा तीन दलिय गठबन्धन बाहेक दिइएको उम्मेदवारी फिर्ता लिन अपिल गरिएको भएपनि गोदावरीमा परेको बागी उम्मेदवारी फिर्ता हुने नहुने बिषयमा बिहिबार साँझ सम्ममा कुनै टुङ्गो लागेको छैन । निर्वाचन कायतालिका अनुसार शुक्रबार उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

गोदावरीको मेयरमा उम्मेदवारी दिएका बिक्रम बिकले उम्मेदवारी दिएपछि गठबन्धनका बिषयमा कुनै छलफल नभएको बताए । उनले पार्टीले उम्मेदवारी फिर्ता मागेको खण्डमा भने त्यसमा आफू लचक रहेको संकेत गरे ।

navjiwan hospital

‘पार्टीले उम्मेदवारी फिर्ता लिन भनेपछि फिर्ता लिने कुरा भइहाल्छ । अहिले सम्म आधिकारीक रुपमा त्यस्तो कुनै जानकारी आएको छैन’ उनले भने ‘पार्टीले फिर्ता लिन भने पछि फिर्ता लिन सकिन्छ । गठबन्धनमा अझै छलफल गर्ने कुरा भएको छ । त्यसमा के निर्णय हुन्छ त्यही अनुसार गर्छौ ।’ माओवादीले उपमेयरमा पनि रिता खड्कालाई उम्मेदवार उठाएको छ । यद्यपि उनी बिहीबार एमाले प्रवेश गरेकि छिन ।

मेयरमै उम्मेदवारी दिएका एकिकृत समाजवादी गोदावरी नगर कमिटी अध्यक्ष टेक बिकले भने आफूले उम्मेदवारी फिर्ता नलिने बताएका छन । उनले उपमेयरमा गठबन्धन अनुसार अगाडी बढेपनि मेयरमा भने आफ्नो उम्मेदवारी कायमै रहने बताए ।

‘गठबन्धन पनि हुन्छ मेरो उम्मेदवारी पनि कायमै रहन्छ’ उनले भने ‘मेरो कसैको विरुद्ध उम्मेदवारी होइन् । म यो क्षेत्रका गरिब, विपन्न, पछाडी पारिएका समुदायको साझा उम्मेदवार हो ।’

उनले आफूमाथी उम्मेदवारी फिर्ता लिनको लागि कुनै पनि किसिमको दबाव नआएको बताए । उनले भने ‘म गरिब, विपन्नको प्रतिनिधि हो । उनीहरुले उम्मेदवारी फिर्ता लिन नभनुन्जेल सम्म मैले उम्मेदवारी फिर्ता लिदैन् ।’
गोदावरीमा कांग्रेसले भने गठबन्धन अनुसार मेयरमा मात्रै उम्मेदवारी दिएको छ । कांग्रेस गोदावरीका प्रवक्ता अशोक राज देवकोटाले आफूहरुले नगरमा गठबन्धन अनुसार उम्मेदवार उठाएको र, वडामा भने मित्रवत प्रतिस्प्रधा गर्ने बताए ।

‘माओवादी र समाजवादीबाट मेयर उपमेयरमा दोहोरो उम्मेदवारी परेको छ’ उनले भने ‘प्रदेश र जिल्ला कमिटीबाट मेयर कांग्रेस र उपमेयर समाजवादी भनिएको थियो । अब के हुने भन्ने बिषयमा नयाँ सर्कुलर केही पनि आएको छैन ।’ उनले उम्मेदवारी फिर्ता लिने दिन (शुक्रबार) केही माथिबाट निर्णय आउन्छकी भनेर आफूहरु प्रतिक्षामा रहेको बताए ।

कांग्रेस नगरमा गठबन्धन गरेर वडामा भने मित्रवत प्रतिस्प्रर्धा गर्ने पक्षमा देखिएको छ भने माओवादी र समाजवादीले वडा स्तरमा पनि गठबन्धन हुनुपर्ने बताउँदै आएका छन ।