अत्तरिया – बैशाख ३० गते हुने चुनावका लागि नेकपा माओवादी केन्द्रबाट उपमेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी रिता खड्का नेकपा एमाले प्रवेश गरेको प्रकरणमा आन्तरिक माओवादीले आन्तरिक षड्यन्त्र भएको जनाएको छ।
माओवादी गोदावरी नगर कमिटीले वडा सदस्यको टिकट पाएकी खड्कालाई पार्टी भित्रबाट नै षड्यन्त्र गरेर उपमेयरमा उठाई एमाले प्रवेश गराईएको जनाएको हो ।


माओवादी नगर कमिटी अध्यक्ष धर्म सिह कुँवरले एक प्रेस विज्ञप्ति जारी गर्दै वडा नम्बर ३ कि वडा सह सचीव खड्कालाई महिला सदस्यको टिकट दिईएको भएपनि पार्टी भित्रका केही ब्याक्तीको षड्यन्त्रका कारण गठबन्धनको मर्म बिपरित उपमेयरमा उम्मेदवारी दिन लगाईएको उल्लेख छ ।
विज्ञप्तिमा अनाधिकृत रुपमा टिकट वितरण गरी टिकट वितरण गराउने आन्तरिक षड्यन्त्रको छानबिन गरिने उल्लेख छ ।
बिहीबार माओवादी केन्द्रबाट उपमेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी रिता खड्का नेकपा एमाले प्रवेश गरेकी थिईन । उनलाई एमाले सचिव लेखराज भट्टले एमाले प्रवेश गराएका थिए ।


















