खाेज्नुहाेस

अत्तरिया जेसिज वर्ष २०२२ द्धारा रक्तदान कार्यक्रम आयोजना

Image

अत्तरिया – कैलालीको अत्तरियामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मंगलबार अत्तरिया जेसिज वर्ष २०२२ ले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

navjiwan hospital

कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको अत्तरिया जेसिज वर्ष २०२२ का अध्यक्ष हरि कडायतले जानकारी दिए । उनले जिल्लामा नै रगतको अभाव रहेको भन्ने जानकारी प्राप्त भएपछि अत्तरिया जेसिजले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।

attariya hospital

उनले रगतको अभावकै कारण कुनै पनि विरामीले अकालमै ज्यान गुमाउन नपरोस भन्ने जेसिजले लक्ष्य रहेको बताए । उनले आगामी दिनहरुमा पनि अत्तरिया जेसिजले सामाजिक क्षेत्रको हित सम्बन्धीका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताए ।

कार्यक्रमको सहआयोजकको रुपमा नेपाल रेडक्रस सोसाईटी उपशाखा अत्तरिया, दुर्गालक्ष्मी उच्च माध्यमिक विद्यालय एसएलसी २०६३ ग्रुप र अत्तरिया जुनियर जेसिज २०२२ रहेका थिए ।