खाेज्नुहाेस

मनोनयनको पहिलो दिन गोदावरीमा २ वडाअध्यक्षमा मात्रै उम्मेदवारी दर्ता

Image

अत्तरिया – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आइतबार तोकेको निर्धारित समय भित्र गोदावरी नगरपालिकामा २ वडा अध्यक्ष र ४ वडा सदस्यमा मात्रै मनोनयन दर्ता गरिएको छ । नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार वडा नम्बर १ का लागि वडा अध्यक्ष र वडा नम्बर ८ का लागि वडा अध्यक्ष र ४ वडा सदस्यको लागि उम्मेदवारी मनोनय दर्ता गरिएको हो ।

वडा नम्बर १ को वडा अध्यक्षका लागि नेकपा एमालेबाट गोदावरी नगरपालिका १ को वडा सदस्यमा निर्वाचित किर्त बहादुर चन्दले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन । उनले आफूले एमालेबाट वडा अध्यक्षको दाबी गरेपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन । उनले सामाजिक संजाल फेसबुक मार्फत वडा अध्यक्षको टिकट नपाएको र पार्टीको पनि जिम्मेवारी नपाएको भन्दै आक्रोस समेत पोखेका छन ।

attariya hospital
navjiwan hospital

गोदावरी ८ को अध्यक्षमा नेपाल लोकतान्त्रिक पार्टीले अध्यक्ष र सदस्य पदमा उम्मेदवारी मनोनय दर्ता गरेको छ । जसमा अध्यक्षका लागि बाबुराम चौधरीले अध्यक्षमा मनोनय दर्ता गरेका छन । त्यस्तै उक्त वडाको सदस्यका लागि ४ जनाले मनोनय दर्ता गरेका छन । नेपाल लोकतान्त्रिक पार्टीका कैलाली जिल्ला अध्यक्ष माधव चौधरीले गोदावरीको हकमा अन्य वडामा चुनावी तालमेल गर्ने भनेर उम्मेदवारी नदिइएको बताए ।

आइतबार विवेकशिल साझा पार्टीले मनोनय दर्ताका लागि समय माग गरेपनि उसले आफ्नो उम्मेदवारी गर्दा गराएन।

उम्मेदवारी मनोनयको अन्तिम दिन सोमबार विवेकशिल साझा संगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले मनोनय दर्ता गर्ने कार्यतालिका रहेको गोदावरीका निर्वाचन अधिकृत राजेन्द्र सिँह भण्डारीले बताएका छन । उनले आईतबार थोरै मात्रै मनोनय भएकाले सोमबार भिडभाड हुने देखिएको बताए ।