अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ६ जना वडाअध्यक्ष सहित सदस्यहरुले पदबाट राजीनामा दिएका छन । नगरपालिकाको वडा नं. १, २, ५, १०, ११ र १२ का वडाध्यक्ष सहित वडासदस्यहरुले आईतबार राजीनामा दिएका हुन ।

उनिहरु सबैले नगरप्रमुख हरि सिँ साउँदलाई राजीनामा बुझाएको बताईएको छ । वडा नं. १ का वडाध्यक्ष शर्मानन्द भट्ट, वडा नम्बर २ का वडाअध्यक्ष कृष्णराज जोशी र वडा नं. ५ का वडाध्यक्ष कर्ण सिँ बोहरा, वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु), वडा नं. ११ का वडाध्यक्ष शिव विक र वडा नं. १२ का वडाध्यक्ष भिम बहादुर खड्का ले आफुलाई राजीनामा बुझाएको नगरप्रमुख साउँदले बताए ।

उनले विभिन्न वडाका ११ जना वडासदस्यहरुले पनि राजीनामा बुझाएको बताए । आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा उम्मेदवारी दिन उनिहरुले राजीनामा दिएको बुझिएको छ ।

















