खाेज्नुहाेस

कैलालीमा गठबन्धनको भागबण्डा गरिएको म्याइन्युटमा सामाजवादीले हस्ताक्षर गरेन

Image

अत्तरिया – कैलालीका १३ पालिका भागबण्डा गरी तयार पारिएको म्याइन्युटमा नेकपा एकीकृत समाजवादीले हस्ताक्षर गर्न अस्विकार गरेको छ । माइनेटमा कैलालीको मात्रै निर्णय गरिएकाले हस्ताक्षर नगरेको नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रम शाहीले जनाएका छन ।

‘नेपाली कांग्रेस र माओवादी केन्द्रले हामीसँग सल्लाह नगरेरै भागबण्डाको विषयमा म्याइन्युट गर्नुभएको थियो,’ शाहीले भने, ‘तर हामीसँग सल्लाह नगरी गरिएको निर्णयमा हस्ताक्षर गर्दैनौं भनेपछि पुनः छलफल गर्ने कुरा भएको छ ।’

attariya hospital

उनले गठबन्धनको बैठकले कैलाली सहित भागबण्डा टुङ्ग्याउन बाँकी रहेका कञ्चनपुर, डोटी र अछामको समेत निर्णय गर्नूपर्नेमा माओवादी केन्द्र र कांग्रेसले कैलालीको हकमा मात्र निर्णय गरेकाले त्यसमा सहमति नजनाइएको बताए ।

navjiwan hospital

बैठकमा नेपाली कांग्रेसले कैलालीका १३ मध्ये ७ पालिका कांग्रेस, ४ माओवादी केन्द्र र २ वटा पालिका एकीकृत समाजवादी पार्टीलाई दिनेगरी प्रस्ताव प्रस्तुत गरेको थियो । अन्तिममा आएर सहमति नजुट्दा बैठक बिना निष्कर्ष सकिएको छ ।

कांग्रेस सुदूरपश्चिमकी सहमहामन्त्री अम्बिका चलाउनेले भागबण्डा गर्न बाँकी रहेका सबै स्थानीय तह र वडाहरुमा एकमुष्ट निर्णय गर्ने सैद्धान्तिक सहमति भएकाले सबै कुुरा टुङ्गिएपछि मात्र विज्ञप्ति जारी गरिने बताइन् ।

दलहरुबीच सहमति नभएको अवस्थामा भने ‘मित्रवत् प्रतिस्पर्धा’ गरेर निर्वाचनमा जाने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार : कैलालीमा गठबन्धनको सहमति : गोदावरी सहित ७ पालिका कांग्रेस, चार माओवादी र दुई एसलाई