अत्तरिया – सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआइजी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुख पुरुषोत्तम कडेलको सरुवा गरेको हो । उनको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाण्डौंमा सरुवा भएको छ ।

उनको ठाउँमा धिरज प्रताप सिह आउने भएका छन । हालै डीआईजीमा बढुवा भएका सिह सुदूरपश्चिम प्रदेशको कमाण्ड समाल्न आउन लागेका हुन ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार चार प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई सरुवा गर्दै ती प्रदेशहरूमा हालै डीआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गरेको छ ।


















