खाेज्नुहाेस

कांग्रेस गोदावरीको मेयर उपमेयरमा सहमति जुटेन, आकांक्षीको नाम जिल्लामा पठाइने

Image

अत्तरिया – नेपाली कांग्रेस गोदावरी नगर समितिले नगरबाटै मेयर, उपमेयरका उम्मेदारको टुङ्गो लगाउन गरेको प्रयास असफल भएको छ । गोदावरीको मेयर उपमेयरमा ६÷६ जना आकांक्षी रहेकोमा नगरमै सहमति गराउने प्रयास असफल भएको हो ।

नेपाली कांग्रेस गोदावरी नगरका प्रवक्ता अशोक राज देवकोटाले मेयर, उपमेयरका आकांक्षी बिच शुक्रबार दिनभरी छलफल गरी सहमती गराउने प्रयास गरिएपनि सफल नभएको बताए । उनले नगरमा सहमती नभएपछि अब मेयर उपमेयरका आकांक्षीको नाम जिल्लामा पठाइने बताए । उनले भने ‘सहमती गराउने आज दिनभरीको प्रयास सफल भएन । अब सबैको नाम भोली जिल्लामा पठाउने र जिल्लाले जसलाई टिकट दिन्छ । त्यसैमा सबैले सहमत हुने निर्णय भएको छ ।’

attariya hospital

गोदावरीको मेयरका लागि कांग्रेसबाट बिरेन्द्र भट्ट, हेम प्रकाश उप्रेती, लोक राज पाण्डे (आगो), धर्म राज भट्ट, बिर बहादुर चोखाल, डम्मर कडायतले आफ्नो दावी पेश गरेका छन । त्यस्तै उपमेयरमा शान्ती शाह, भगवती पाठक, सारदा कुमारी साउँद, लक्ष्मी कुमारी भट्ट, जानकी पाल र शिवा देवी कडायतले आफ्नो दाबी पेश गरेका छन । कांग्रेस गोदावरी नगर समितिले सोमबार र मंगलबार स्थानीय तहको जनप्रतिनिधिका लागि आकांक्षीको नाम पेश गर्ने समयावधि तोकेको थियो ।

navjiwan hospital

वडा अध्यक्षमा पनि सहमति भएन

गोदावरीका १२ वटै वडाहरुमा अध्यक्षका लागि पनि एक भन्दा बढी उम्मेदवारले दाबी गरेपछि सहमति हुन सकेको छैन । वडाबाट आएका दाबी माथि नगरमा छलफल गरेर सहमति गराउने प्रयास गरिएपनि सहमति जुट्न नसकेको नगर प्रवक्ता देवकोटाले बताएका छन ।

वडा नम्बर ४ बाट वडा सभापतिले १ जनाको मात्रै नाम सिफारीग गरेका भएपनि नगरमा अन्यले पनि उक्त वडाबाट दावी गरेका छन । त्यस्तै वडा नम्बर ९ र १२ वाट पनि वडाले सिफारिस गरेका भन्दा अन्यले पनि नगरमा आफ्नो दावी पेश गरेपछि ति वडामा पनि विवाद कायमै रहेको प्रवक्ता देवकोटाले बताए ।

उनका अनुसार वडा नम्बर १ बाट १२ जना, २ बाट ५ जना, ३ बाट ९ जना, ५ बाट ५ जना, ६ बाट ४ जना, ७ बाट ७ जना, ८ बाट ३ जना, १० बाट ५ जना र ११ बाट ६ जनाले दाबी गरेका छन । उनीहरु सबको नाम शनिबार प्रदेश क्षेत्रीय कार्यसमति ‘ख’ मा पठाइने नगर नगर समितिले जनाएको छ ।