खाेज्नुहाेस

धनगढी पुगेर प्रचण्डले भने ‘स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि बाँकी राखेका छौ’

Image

अत्तरिया – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले गठबन्धन हुन नसकेको ठाउँमा स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि बाँकी राखेको बताएका छन । बिहिबार धनगढी विमानस्थलमा पत्रकारहरु संग कुरा गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन ।

‘कही कतै समस्या देखियो भने पनि हामीले स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि बाँकी राखेका छौ’ उनले भने ‘त्यसो भन्नुको तात्पर्य आफै–आफै प्रतिस्पर्धामा प्राथमिकता दिने भनेको होइन् । प्राथमिकता तालमेल मै हो । समस्या कही प¥यो भने यस्तो समस्या परेको ठाउँमा मित्रतापूर्ण ढंगले प्रतिस्प्रधा गर्न पनि सकिन्छ भन्ने कुरा हो ।’ उनले सुदूरपश्चिमका सबै पालिकामा गठबन्धन हुन्छ भन्ने कुरामा आफू विसस्त रहेको बताए ।

attariya hospital
navjiwan hospital

उनले महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धन गर्ने निर्णय भएको र, त्यसैको मर्म र भावना अनुसार देशभरका नगरपालिका र गाउँपालिकामा पनि गठबन्धन गरिने बताए ।

उनले अहिलेको चुनावमा अग्रगमनका पक्षधर र अहिलेको उपलब्धिलाई उल्ट्याउने पक्षधर एक तिर धुर्वीकरण भएको बताए ।

उनले भने ‘अहिलेको उपलब्धिलाई रक्षा गर्नका लागि अहिलेको निर्वाचनलाई पनि एउटा आन्दोलन र अभियानकै रुपमा लिएर नेपाली जनताले गणतन्त्रलाई अझै सुदृढ गर्न आवश्यक छ ।’

उनले सुदूरपश्चिममा पनि माओवादी केन्द्रको संगठन बिस्तार राम्रोसंग भइरहेको बताए । उनले भने ‘माओवादी छोडेका साथिहरु पनि अहिले जोडीने क्रम जारी रहेको छ ।’