खाेज्नुहाेस

‘पार्टीको हौसियत थाहा पाउनको लागि भएपनि स्थानीय तहमा गठबन्धन गरिनु हुँदैन’

Image

अत्तरिया – नेपाली कांग्रेस गोदावरी नगर समितिका सभापति बिर बहादुर चोखालले स्थानीय तहमा पार्टीको हौसियत थाहा पाउनको लागि भएपनि गठबन्धन गर्न नहुने बताएका छन ।उनले स्थानीय तहमा पार्टीको अवस्था कहाँ छ भन्ने थाहा पाउनको लागि गठबन्धन गर्न नहुने बताएका हुन ।

‘नगरमा गठबन्धन गर्ने हाम्रो इच्छ्या नै होइन् । नगर भनेको पार्टीको क्षमता जाँच गर्ने ठाउँ हो’ उनले भने ‘गठबन्धन गरे गोदावरीमा नेपाली कांग्रेसका भोट कति भनेर कसरी थाहा हुन्छ । नेपाली कांग्रेसको हौसियत के ? भनेर पत्ता लगाउन पनि स्थानीय तहमा गठबन्धन गरिनु हुदैन ।’

attariya hospital
navjiwan hospital

उनले २०७४ सालको स्थानीय चुनावमा गठबन्धन नभएकाले पार्टीहरु कुन अवस्थामा थिए भन्ने कुरा थाहा पाउन सजिलो भएको बताए । उनले सकेसम्म स्थानीय तहमा गठबन्धन गर्न नहुने बताए ।

‘माथिबाट गठबन्धन गर्ने निर्देशन आइहाले हामीले त्यो मानै पर्छ होला’ उनले भने ‘गठबन्धन भइहाले पनि गोदावरीको मेयरमा हामीले नै टिकट पाउने प्रसस्त आधार छ । हाम्रो जित पनि सुनिश्चित छ ।’ उनले गोदावरीको स्थानीय तहको चुनावमा कांग्रेस एकढिक्का भएर चुनाव लड्ने बताए ।

गोदावरी नगरपालिका ६ का वडा अध्यक्ष समेत रहेका चोखालले बैसाख ३० गते हुने स्थानीय चुनावमा पार्टीभित्र गोदावरी नगरको मेयरमा आफ्नो दाबी पेश गरेका छन ।

सम्बन्धित समाचार वडा अध्यक्ष चोखालद्धारा कांग्रेसबाट गोदावरीको मेयरमा दाबी