अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिकाको बनबेहडामा कुमारी बैंकको शाखा राहित बैंकिङ्ग सेवा सुरु सुरु भएको छ । कुमारी बैंक लिमिटेडले अत्तरीया शाखा अन्तर्गत रहने गरी शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याइएको हो ।

शाखा रहित बैंकिङ्ग सेवा केन्द्रमार्फत ग्रामिण क्षेत्रका जनताले सहज रुपमा आधारभुत बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै, बित्तिय पहुँच बिस्तार र डिजिटल बैंकिङ्घलाई प्रवद्र्घन गरिने बैंकको अत्तरिया शाखाले जनाएको छ ।

कुमारी बैंकले देशैभरी १९८ शाखा, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ सेवा केन्द्र तथा १६ वटा बिस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिईरहेको छ ।


















