मसुरिया – २०७८ सालको बिदाई र नयाँ बर्षको स्वागतमा कैलालीको मसुरिया बजारमा सरसफाई गरिएको छ । मसुरिया बजार ब्यबस्थापन समिति र ईलाका प्रहरी कार्यालय मसुरियाको आयोजनामा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा गौरीगंगा ९ का अध्यक्ष हरि प्रसाद तिवारी, बजार व्यवस्थापन समिति, प्रहरी, म्यादी प्रहरी र संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद जोशीले सरसफाई कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन तथा नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।


















