ओखलढुंगा – ओखलढुंगा जीप दुर्घटनामा हुँदा ३ प्रहरीको मृत्यु भएको छ । मानेभन्ज्याङ गाउँपालिका–६, स्थित भँडारेखोलामा बुधबार जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत ३ प्रहरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशी र रुपक विष्ट रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक धनराज खतिवडा, प्रहरी नायब निरीक्षक नवराज दाहाल, हवल्दारद्वय विशाल श्रेष्ठ र भुपेन्द्र खनाल र सवारी चालक इलाम निवासी लिलाप्रसाद खनाल छन् ।
बा १७ च १०९४ नम्बरको जिप सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयबाट हात हतियार लिएर प्रदेश–१ स्थित प्रदेश प्रहरी कार्यालय विराटनगर हिाडेको थियो । जिप सडकदेखि अन्दाजी सय मिटर तल खसेको प्रहरीले जनाइएको छ ।
















