खाेज्नुहाेस

कैलालीका एसपी अधिकारी पुरस्कृत 

Image

अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी पुरस्कृत भएका छन । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको हो ।

एसपी अधिकारीलाई एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले पुरस्कृत गरेका थिए ।

attariya hospital
navjiwan hospital

उनलाई प्रहरी संगठनको निति निर्देशन अनुरुप उच्च अनुशासनमा रहि ईमान्दारी, अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागिय आदेशको पालना गर्नुका साथै आफुलाई दिईएको जिम्मेवारी बफादारीका साथ त्रुटीरहित ढंगबाट पुरा गरेकाले पुरस्कृत गरिएको जनाइएको छ ।

एसपी अधिकारीलाई  प्रहरी नियमावली २०७१ (संशोधन सहित) परिच्छेद १५ को नियम  १९७ को देहाय (ख) ले दिएको अधिकार प्रयोग गरी अभिलेखमा उल्लेख गरिने गरी नगद १४०० रुपैयाँ सहित पुरस्कृत गरिएको हो ।

यसैबिच एसपी अधिकारीको कैलालीबाट काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले एसपी अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज काठमाडौंमा काज सरुवा गरेको हो । उनको ठाउँमा अब प्रहरी प्रधान कार्यलाय काठमाडौं नक्सालबाट सोमेन्द्रसिंह राठौर आउने भएका छन् ।