अत्तरिया – कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरिय मेयर कप भलिबल प्रतियोगीताको दोस्रो संस्करण सुरु भएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रर्वद्धनमा शनिबार बाट प्रतियोगीता सुरु भएको हो ।
प्रतियोगीताको एक कार्यक्रमका बिच राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक जगदिश प्रकाश भट्टले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै उनले खेलको मुल्य र मान्यता अनुरुप खेलको मर्मलाई बुझेर खेलाडीहरुले खेल प्रर्दशन गर्नुपर्ने बताए ।

उनले खेललाई अनुशासनपुर्वक खेली आउँदा पिढिहरुका सामु आफुलाई आर्दशका रुपमा उभ्याउन खेलाडीहरुले तदारुकता देखाउनुपर्ने बताए । खेललाई हार र जितका रुपमा मात्रै हेर्न नहुने बताउदै उनले खेलाडीहरुलाई अनुशासनमा बाध्न, समग्र समाजमा पहिचान दिलाउन र स्वस्थ रहन पनि खेलकुदले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
यही चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा २ वटा विभागीय सहित १० वटा टिमको सहभागीता रहेको खेल संयोजक विक्रम विष्टले जानकारी दिए ।

लोप हुने अवस्थामा पुगेको भलिबल खेलको उजागर गर्न र भलिबलका खेलाडीहरुको उत्प्रेरणा बढाउन प्रतियोगीताको दोस्रो संस्करण आयोजना गरिएको उनले बताए ।
कोरोनाका कारण रोकिएको प्रतियोगीताको दोस्रो संस्करणको विजेता टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा उपविजेता बनेको टिमले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडलर प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विष्टले बताए । यसैगरी प्रतियोगीतामा तेस्रो हुने टिमले पनि ३५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने खेल संयोजक विष्टले बताए ।
प्रतियोगीतामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरीएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार तथा उत्कृष्ट सरभर, स्पाईकर, लिफ्टर, ब्लकर, डिफेन्डर र उदयीमान खेलाडीलाई नगद रु. ५/५ हजार पुरस्कार दिईने खेल संयोजक विष्टले बताए ।

उद्घाटन खेलमा आयोजक विजयी

















