खाेज्नुहाेस

महेन्द्रनगरमा डिशहोम फाइबरनेटको शोरुम संचालन

Image

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेट शोरुम संचालनमा ल्याइएको छ । डिशहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न महेन्द्रनगरको तिलाचौरमा शोरुम संचालनमा ल्याइएको हो ।

navjiwan hospital

उक्त शोरुमको बिहिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । उद्घाटनमा डिशहोमका तर्फबाट सीओओ स्वाइन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मी राज जोशी र डिलरका प्रोप्राइटर लक्ष्मिदत्त पाण्डेको उपस्थिति रहेको थियो ।

attariya hospital

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको मौभेरा मनि ट्रान्सफरले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ ।

१०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराईसकेको मौभेरा मनि ट्रान्सर्फरले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने मौभेरा मनि ट्रान्सर्फरका सञ्चालक दान सिङ बिष्टले जानकारी दिए ।