
अत्तरिया – नेपाल रेडक्रम सोसाइटी अत्तरिया उपशाखा भवनको उद्घाटन गरिएको छ । गोदावरी नगरपालिका – २ मा निर्माण गरिएको भवनको शुक्रबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले उद्घाटन गरेका हुन ।
शाखाका सभापती डा नर बहादुर मौनीको सभापतित्वमा भएको कार्यक्रममा उपप्रप्रमुख रत्ना कडायत, बिभिन्न वडाका अध्यक्ष एबम जनप्रतिनिधीहरु, उपशाखाका सदस्यहरुको सहभागिता रहेको थियो ।

















