अत्तरिया – अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । जसमा अध्यक्षमा पुनः टिकादत्त जोशी दोहरीएका छन ।

त्यस्तै उपाध्यक्षमा शेर बहादुर बिष्ट, महासचिवमा माहादेब भट्ट, सचिवमा पुस्पराज (पिआर) चटौत, कोषाध्यक्षमा लक्ष्मण कठायत चयन भएका छन । यस्तै सदस्यहरुमा उर्मिला बोगटी, कुन्तीदेबी पाण्डे, सकुन्तला सोप, रुपलाल बिक, भबानी दत्त भट्ट र रतना कामी चयन भएका छन ।

यसैबिच नव निर्वाचित कार्यसमितिले शुक्रबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । खानेपानी संस्थाको प्राङ्गणमा भएको एक कार्यक्रमका बिच पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका हुन ।



















