खाेज्नुहाेस

धनगढीको राजपुरमा माछापुच्छे्र बैंकको शाखा बिस्तार 

Image

धनगढी – कैलालीको धनगढी राजपुरमा माछापुच्छ्रे बैंकको शाखा बिस्तार गरिएको छ । धनगढी उपमहानगरपालिका – १३  राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याइएको हो ।

उक्त शाखा कार्यालयकोे बिहीवार धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन ।

attariya hospital
navjiwan hospital

उक्त शाखा उद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो ।

नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।