खाेज्नुहाेस

चुरेमा प्रसुती गृह निर्माण, पुर्व मन्त्री सुवेदीद्धारा उद्घाटन

Image

अत्तरिया – कैलालीको चुरेमा प्रसुती गृहको निर्माण गरिएको छ । चुरे गाउँपालिका – ३ मा रहेको सहजपुर स्वास्थ्य चौकी अन्तरगत प्रसुती गृह निर्माण गरिएको हो ।

प्रसुती गृहको शनिबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरेका छन ।

attariya hospital
navjiwan hospital

उक्त प्रसुती गृह प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगत गत आर्थिक बर्षको १५ लाख रकमबाट निर्माण गरिएको थियो ।

प्रसुती गृहबाट २४ घण्टा सेवा दिइने जनाइएको छ । प्रसुती गृह निर्माण पछि विगतमा यस क्षेत्रका महिलाहरुले भोग्दै आएको समस्या हट्ने विश्वास लिइएको छ ।