धनगढी – धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ को उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन । दुवै टिमले शुक्रबार भएको सेमिफाइनल खेलमा आफ्ना प्रतिद्धन्दिलाई पराजित गर्दे फाइनलमा प्रवेश गरेका हुन ।

शुक्रबार भएको पहिलो खेलमा आर्मीको टिमले विभागिय टोली एपीएफलाई ३–१ को सेटले पराजित गरेको थियो । उक्त खेलका म्यान अफ द म्याच आर्मीका मानबहादुर श्रेष्ठ भए ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–२ को सेटले पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । उक्त खेलको म्यान अफ द म्याच पुलिस क्लबका रविन चन्द भए ।
प्रतियोगिताको फाइनल खेल शनिबार बिहान ९ बजे हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ४ लाख, उपविजेताले २ लाख, तेस्रो हुने टोलीले १ लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

















