खाेज्नुहाेस

थप ३५ जनामा कोरोना संक्रमण

Image

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८८१ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ३८७ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

attariya hospital
navjiwan hospital

पछिल्लो २४ घण्टामा कोरोनाबाट २६६ जना निको भएका छन् भने हाल देशभर २ हजार २१९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ हजार १७९ जना होम आइसोलेसनमा रहेका छन् भने ४० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।कोरोनाका बिरामीमध्ये २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३९६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६४ हजार १२७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका ३ जना कोरोना संक्रमित थपिएका छन् ।