खाेज्नुहाेस

युक्रेनमा १५ हजार रुसी सैनिकको मृत्यु भएको नेटोको दाबी

Image

अमेरिकी सैन्य गठबन्धन नेटोले रुसले युक्रेनमा आक्रमण सुरु गरेयता अहिलेसम्म उसका १५ हजारसम्म सैनिक मारिएको बताएको छ।

नेटोका एक शीर्ष अधिकारीले बुधबार अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसँगको कुराकानीमा ७ हजारदेखि १५ हजारसम्म रुसी सैनिक मारिएको हुन सक्ने बताएका हुन्।

attariya hospital
navjiwan hospital

त्यस्तै युद्धको क्रममा ३० देखि ४० हजार रुसी सैनिक घाइते भएको हुन सक्ने नेटोका अधिकारीको भनाइ छ।

रुसले मार्च २ यता आधिकारिकरुपमा युक्रेनमा मारिएका सैनिकको संख्या खुलाएको छैन। मार्च २ मा उसले युक्रेनमा आफ्ना करिब ५ सय सैनिक मारिएको बताएको थियो। रुसले १० वर्षे अफगानिस्तान युद्धमा करिब १५ हजार सैनिक गुमाएको थियो।

रुसले पछिल्लो १ महिनायता निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ। यो आक्रमणमा ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान छ।

युक्रेनले पनि आफ्ना सैनिकको मृत्युको स्पष्ट संख्या भने उल्लेख गरेको छैन। दुई साताअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना १३ सय सैनिक मारिएको बताएका थिए।