खाेज्नुहाेस

गोदावरीमा चोरी गरेको सुन फिल्मी शैलीमा फिर्ता

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा चोरी गरेको सुन चोरले फिल्मी शैलीमा फिर्ता गरेको छ । नगरपालिकाको वडा नं. १ बनखेत बस्ने नविन शाहुको घरबाट मंसिर १४ गते राती चोरी भएको सुन चोरले मंगलबार घर अगाडी प्रेशर कुकरमा राखेर फिर्ता गरेको हो ।

attariya hospital

शाहुकै घर अगाडी मंगलबार बिहान प्लाष्टिकको थैलो भित्र प्रेशर कुकरमा राखेको अवस्थामा शंकास्पद खालको देखीने गरी चोरले सुन फिर्ता गरेको प्रहरीले जनाएको छ ।

navjiwan hospital

‘सुन चोरी भएको भन्दै निवेदन दिएका शाहुको घर अगाडी आज बिहान प्रेशर कुकर राखिएको थियो’ ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलले भने ‘बिहान हामीलाई जानकारी भएपछि नेपाली सेनाको बम डिस्पोजल टिम सहित त्यहाँ गएर डिस्पोज गर्दा उक्त कुकर भित्र सुन फेला प-यो ।’

सुनका साथै त्यसमा घरमालिकलाई समाजमा मिलेर बस्नुपर्ने लगायतका सुझावहरु लेखर पनि राखेको उनले बताए । मंसिर १४ गते राति अन्दाजी १० तोला सुन र १ लाख नगद चोरी भएको भन्दै ईलाका प्रहरी कार्यालयमा शाहुका ससुराले निवेदन दिएकोे डिएसपी पोखरेलले बताए ।