अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र रहेका ४ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
नगरपालिका भित्र रहेका मालाखेती अस्पताल, गेटा स्वास्थ्य चौकी, बडेहा स्वास्थ्य चौकी र गोदावरी स्वास्थ्य चौकी लाई ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) ले स्वास्थ्य सामग्री वितरण गरेको हो ।

लुथरन वल्र्ड रिलिफ (एलडब्ल्युआर) को आर्थिक सहयोग र गोदावरी नगरपालिकाको समन्वयमा बेसद्धारा सञ्चालीत कोभिड – १९ प्रभावित समुदायका लागी पुनरोत्थान परियोजना अन्तरगत सामग्री वितरण गरीएको परियोजनाकी कर्मचारी दिपा बमले जानकारी दिईन ।

नगरका ४ वटै स्वास्थ्य संस्थाहरुलाई उनिहरुको आवश्यकता अनुसारका स्वास्थ्य सामग्रीहरु वितरण गरीएको उनले बताईन ।
उनका अनुसार मालाखेती अस्पताललाई १ लाख १९ हजार ८ सय ११ रुपैया बराबरका, गेटा स्वास्थ्य चौकीलाई ७१ हजार २ सय ५८ रुपैया बराबरका, बडेहा स्वास्थ्य चौकीलाई १४ हजार ६ सय ७९ रुपैया बराबरका र गोदावरी स्वास्थ्य चौकीलाई १ लाख ६९ हजार ३ सय ९१ रुपैया बराबरका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो ।
स्वास्थ्य संस्थाहरुले माग गरेअनुसारका सामग्रीहरु परियोजना अन्तरगत वितरण गरिएको बमले बताईन । सोमबार मात्रै परियोजना अन्तरगत गोदावरी नगरपालिकामा ३ लाख ७५ हजार भन्दा बढीका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो ।
बमले परियोजना अन्तरगत नै आगामी दिनहरुमा पनि गोदावरी नगरपालिकामा विभिन्न कार्यक्रमहरु रहेको बताईन ।


















