धनगढी – विवेकशील साझा पार्टीका सुदूरपश्चिम प्रदेश सदस्य सिद्दराज पनेरुले राजीनामा दिएका छन् । पनेरुले पार्टीको साधारण सदस्य समेत नरहने गरी प्रदेश सदस्य पदबाट राजीनामा दिएका हुन् ।

‘मैले धनगढी वडानम्बर ४ को वडाध्यक्षका लागि स्वतन्त्र उम्मेद्वारी दिएको अवगतै छ’ पार्टीका सुदूरपश्चिम प्रदेश संयोजकलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख छ, ‘स्वतन्त्र उम्मेद्वारी दिएकाले मैले पार्टीमा बस्न उचित ठानिन । त्यसैले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउदछु ।’

पनेरुले धनगढी उपमहानगरपालिका – ४ को वडाध्यक्षमा उम्मेद्वारी दिने घोषणा यसअघि नै गरिसकेका छन ।


















