बैतडी – बैतडीको बाराकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका- १० बाराकोटको भाटाला भन्ने ठाउँमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालक बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिका– ५ का ३२ वर्षिय अर्जुन थारुको मृत्यु भएको हो ।

मौराबाट भाटाला आउदै गरेको सुपप्र ०१००२ त ५५९८ नम्बरको ट्याक्टर दुर्घटना भई सडकमै पल्टिदा ट्याक्टर जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता दर्शन खड्काले जानकारी दिएका छन ।

खड्काका अनुसार सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारुको जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो ।

















