धनगढी – धनगढीमा जारी मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि लिटल फ्लावर स्कुल र स्टेपिङ स्टोन भिड्ने भएका छन् । बिहिबार भएको सेमिफाईनलमा जित हासिल गर्दै दुई टीम आज उपाधिका लागि भिड्न लागेका हुन ।

बिहिबार सम्पन्न सेमिफाईनलमा स्टेपिङ स्टोनले एरिष्टो स्कुललाई ९ विकेटले हराएको थियो भने दोस्रो सेमिफाईनलमा लिटल फ्लावरले पञ्चोदय माविमाथि १९ रन पराजित गरेको थियो ।

धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा जारी प्रतियोगिता आज सकिदैछ । प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ ।

















