अत्तरिया – कैललीको गेटामा अटो पल्टिदा २ जना घाइते भएका छन । मोहना – अत्तरिया ६ लेन सडकमा भएको दुर्घटनामा गोदावरी नगरपालिका – ५ की बेलु बिक र पदमा विक घाइते भएका हुन ।

धनगढीबाट अत्तरिया तर्फ आउँदै गरेको अटो अनियन्त्रित भएर सडकमा पल्टिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

से १ घर १९५३ नम्बरको अटो दुर्घटनामा घाइते भएका दुवै जनाको अत्तरिया स्थित पदमा अस्पटालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

















