खाेज्नुहाेस

पाँच वर्षमा पनि कञ्चनपुरको हुलाकी सडक खण्डको काम अधुरै

Image

कञ्चनपुर – कञ्चनपुरको हुलाकी सडक खण्ड निर्माणमा ढिलाइ भएको छ । ६२ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको पाँच वर्ष बितिसके पनि काम अधुरै रहेको हो ।

तीन प्याकेजमा ६२ किलोमिटर सडक निर्माणको लागि २०७३ फागुनमा सम्झौता भएको थियो । पाँच वर्षमा सडकको भौतिक प्रगति ७५ प्रतिशत मात्र छ ।

attariya hospital
navjiwan hospital

तीन ठेक्कामा एउटा खण्डको माघमा समय सकिएको छ । माघमा अवधि सकिएको उक्त खण्डको भौतिक प्रगति सबै भन्दा कम छ । उक्त क्षेत्रको भौतिक प्रगति ७० प्रतिशत मात्र रहेको योजना कार्यालयले बताएको छ । अन्य दुई खण्डको चैतसम्म सडक निर्माणको समय छ ।

तर चैतसम्म पनि तीनै खण्डको सडक निर्माणको काम पूरा नहुने निश्चित भएको छ । ‘एक खण्डको माघसम्म समय थियो’ हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले भने ‘पहिलो र तेस्रो खण्डको चैतसम्म समय छ । तर काम सकिँदैन होला । वैशाखमा कालोपत्रेका लागि तयारी हुँदैछ ।’

राष्ट्रिय गौरवको सडक आयोजनामा निर्माण कम्पनीले बेवास्ता गर्दै आइरहेका हुन् ।