अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नं. ३ मा रहेको खप्तड विद्या निकेतनको १८औ वार्षिकोत्सव तथा अभिभावक दिवश कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका अध्यक्ष एवम् गोदावरी नगरपालीका वडा नं. ३ का वडाध्यक्ष मोहन बहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका डिन प्राध्यापक डा. मुकुन्द कलौनी रहेका थिए भने विशिष्ठ अतिथिमा डा. टि.एन जोशी रहेका थिए ।


कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै शिक्षक, विद्यार्थी एवम् अभिभावकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । यसका साथै कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न सामग्रीहरु प्रस्तुत गरिएको थियो ।
विद्यालयको विस्तृत विवरणका साथै विद्यालय एवम् विद्यार्थी प्रति अभिभावकको उत्तरदायीत्वका बारेमा विद्यालयका प्रिन्सिपल श्याम खत्रीले आफ्ना भनाई राखेका थिए । विद्यालयका सहायक प्रिन्सिपल गंगादत्त भट्टको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षिका सरिता बोगटी र शिक्षक प्रविन भण्डारी र कक्षा १० मा अध्ययनरत छात्र शैपाल मण्डेलले गरेका थिए ।
२०६१ सालमा स्थापना भएको विद्यालयमा मावि तहसम्मको अध्यापन हुदै आएको छ । २०७१ सालदेखी मावी तहको पढाई सुरु गरेको विद्यालयमा हाल जम्मा ७ सय ५६ जना विद्यार्थीहरु रहेका विद्यालयका प्रिन्सिपल श्याम खत्रीले जानकारी दिए । विद्यालयमा अन्य कर्मचारी तथा शिक्षक/शिक्षिका गरी कुल ४२ जना कर्मचारी रहेको उनले बताए ।
विद्यालयले २०७४ सालदेखी मन्टेश्वरी शिक्षा प्रदान गर्दै आईरहेको छ । कोरोना महामारीका कारण विद्यालयको १७औ वार्षिक साधारण सभा हुन सकेको थिएन ।

















