खाेज्नुहाेस

भीमदत्तमा ३६ करोडको खानेपानी आयोजना निर्माणका लागी सम्झौता

Image

कञ्चनपुर – भीमदत्त नगरपालिका–७ हल्दुखालमा रु. ३६ करोडको लागतमा खानेपानी आयोजना निर्माणका लागि सम्झौता गरिएको छ ।
खानेपानी आयोजना निर्माणका लागि पूर्णागिरि खानेपानी तथा सरसफाइ आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागबीच नगर कोषसँग सम्झौता भएको हो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता आयोजना व्यवस्थापन कार्यालयका निर्देशक शालिकराम पौडेल, भीमदत्त नगरका नगरप्रमुख सुरेन्द्र विष्ट, पूर्णागिरि सहरी खानेपानी तथा सरसफाइ उपभोक्ताका तर्फबाट अध्यक्ष देवेन्द्र ढुङगाना, नगर विकास कोषका तर्फबाट प्राविधिक अधिकृत सुवासराज पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

attariya hospital
navjiwan hospital

सम्झौता अनुसार नगर विकास कोषबाट खानेपानी आयोजना निर्माणको कूल लागतको २५ प्रतिशत ऋण उपलब्ध गराइने भएको छ । खानेपानी विभागको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत, नगरपालिका र उपभोक्ता समितिको दुई÷दुई प्रतिशत रकम व्यहोर्ने भएको वडाध्यक्ष शंकर कुँवरले बताए ।

आयोजना निर्माण भएपछि तीन हजार परिवार लाभान्वित हुनेछन् । खानेपानी आयोजना निर्माणको कार्य एक साताभित्रै सञ्चालन हुने बताइएको छ ।

रासस