खाेज्नुहाेस

रुस–युक्रेन युद्धका बारेमा स्पष्ट अडान लिन भारतमाथि दबाब

Image

काठमाण्डौं – रुस–युक्रेन युद्धका बारेमा स्पष्ट अडान लिन भारतमाथि दबाब बढ्दै गएको छ । दुई देशबीचको सङ्कट समाधानका लागि वार्ता र कुटनीतिमा जोड दिँदै भारत संयुक्त राष्ट्रको महासभामा भएको मतदानमा तटस्थ बसेको थियो । आफ्नो आधिकारिक धारणामा पनि भारतले क्षेत्रीय अखण्डताको महत्त्वको बारे चर्चा गरेको छ तर रुस वा युक्रेनको बारेमा ठोस अडान लिएको छैन ।

navjiwan hospital

भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले भारतको स्वतन्त्र विदेश नीति स्वागतयोग्य रहेको बताएका छन भने अमेरिकाका वरिष्ठ कुटनीतिज्ञ डोनाल्ड लूले वाशिङ्टनले युक्रेनबारे भारतको स्पष्ट अडान बुझ्ने प्रयास गरिरहेको बताएका छन ।

attariya hospital

मस्कोबाट भारतले झन्डै ५० प्रतिशत रक्षा सामग्री आयात गर्छ । साथै रुस र भारत विश्वव्यापी मामिलामा भरपर्दो साझेदार हुन् । त्यसैगरी अमेरिकासँग पनि भारतको सम्बन्ध पछिल्ला दुई दशकदेखि बढ्दो क्रममा छ ।