खाेज्नुहाेस

दाङमा रहेको शिवालयमा शिवको र नन्दीको मुर्ति राखियो

Image

अत्तरिया – डोटीको दिपालय सिलगढी नगरपालिका वडा नं. ८ दाङमा रहेको शिवालयमा शिवको मुर्ति र नन्दी राखिएको छ । ऐतिहासीक महत्व रहेको उक्त शिवालयमा मष्टाधाम व्यवस्थापन समितिको अगुवाईमा उठेको रकमले शिवको मुर्ति र उनका बाहन नन्दीको मुर्ति राखिएको हो ।

attariya hospital

सबैको सहयोगले उक्त शिवालयमा मुर्ति राख्न सफल भएको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले बताए । उनले विगत १२ वर्षदेखी मुर्ति विहिन रहेको शिवालयमा ३ फिट लामो शिवको मुर्ति राखिएको बताए । उनले नन्दीको मुर्ति पनि ३ फिट लामो नै भएको बताए । उनले शिवरात्रीको अवसर पारी शिवालयमा मुर्ति राख्ने कार्य गरीएको बताए ।

navjiwan hospital

उनका अनुसार डोटीको पुर्विचौकी गाउँपालिका, दिपायल सिलगढी नगरपालिका वडा नं. ८, केआईसिँह गाउँपालिका र अछामको चौरपाटी गाउँपालिका कै सबैभन्दा प्रसिद्ध मन्दिरका रुपमा उक्त शिवालयलाई लिने गरिन्छ । ‘उक्त शिवालयमा विगत १ वर्षदेखी शिवको मुर्ति थिएन, यसअघिको मुर्ति टुटेपछि त्यहाँ मुर्ति राखिएको थिएन’ उनले भने ‘मुर्ति राख्ने विषयमा त्यहाँका स्थानियहरुले मष्टाधाम व्यवस्थापन समितिलाई आग्रह गरेपछि समितिले सहयोग गरेको हो ।’

उनले उक्त मुर्तिहरु भारतको राजस्थानबाट मगाएको बताए । रकम बचे सोही शिवालयमा ११ देखी २१ फिटसम्मको त्रिशुल राख्ने योजना रहेको समेत उनले बताए ।

शिवरात्री दिन पारेर नयाँ निर्माण गरिएको शिवालयको उद्घाटन पनि गरिएको छ । दिपालय सिलगढी नगरपालिकाद्धारा निर्मित उक्त शिवालय मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँद र कोषाध्यक्ष भरत जिमि साउँदले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कैलालीको गोदावरी नगपालिका –४ बन्दगडामा बृहत गुरुयोजना सहित मष्टाधाम निर्माण भैरहेको छ ।