खाेज्नुहाेस

जीप दुर्घटना हुँदा १० जना घाइते

Image

डडेल्धुरा – डडेल्धुरामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मंगलबार बिहान अमरगढी नगरपालिका–१० राइको मोड नजिक से १ ज ४०१ नम्बरको जीप दुर्घटना भएको हो ।

navjiwan hospital

नवदुर्गा गाउँपालिकाबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप अनियन्त्रि भई पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । जीप पल्टिँदा १० जना घाइते भएका डडेल्धुरा प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

attariya hospital

घाइतेहरूमध्ये २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । सूचना अधिकारी चन्दका अनुसार नवदुर्गा गाउँपालिका–१ की ६० वर्षीया ईश्वारीदेवी ऐर र र सोही ठाउँकी ५० वर्षीया सीता पार्कीको उपचार भइरहेको हो ।

बाँकी ८ जना भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । जीप चालक नवदुर्गा गाउँपालिका–१ कोटेलीका २८ वर्षीय रामबहादुर ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।